फूलबारी रिसोर्ट बन्द,रिसोर्टमा कार्यरत एक सय १७ कर्मचारी बेरोजगार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७४, बुधबार ०६:३१

पोखरा । मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ ।

कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको हो ।

आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन मध्यदेखि रिसोर्ट बन्द भएको थियो ।

पोखराको पहिचान मानिने रिसोर्टमा कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया