बाहुबलीको पनि रेकर्ड तोड्यो यो चलचित्रले, ३ दिनको कमाई देख्दा बलिउड अचम्मित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७४, बुधबार ०६:१९

एजेन्सी । डिसेम्बर ८ मा प्रदर्शन भएको बलिउड ‘हरर’ चलचित्र ‘इट’ले सबैको रेकर्ड तोड्दै सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ।

यस हरर चलचित्र इटले ३ दिनमा देशभरबाट ११५० करोड कमाई गरेको छ। यस चलचित्रले प्रदर्शन भएको पहिलो दिनमै केही पुराना हरर चलचित्रको रेकर्ड तोडिसकेको थियो। यो चलचित्रलाई बलिउडकै सबैभन्दा डरलाग्दो चलचित्र भएको दाबी समेत गरिएको छ। दुई भागमा निर्माण भएको यस चलचित्रलाई भारतीय दर्शकले निकै रुचाएका छन्। यस चलचित्रको अर्को भाग सन् २०१९ मा प्रदर्शन हुने बताइएको छ।

फोब्र्सको रिर्पोटलाई आधार मान्ने हो भने यो चलचित्रले पहिलो दिनमै ३२६ करोड २ लाख कमाई गरेको छ। यो चलचित्र प्रदर्शनको पहिलो दिन सबै भन्दा बढी कमाई गर्ने चलचित्रमा २०१३ मा प्रदर्शन भएको चलचित्र ‘द कन्ज्यूरिङ’ को नाम थियो। जुन चलचित्रले पहिलो दिनमा २६२ करोड २ लाख कमाई गरेको थियो।

त्यस्तै अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएको अभिनेता आमिर खानको चलचित्रले देशभर २ हजार करोडको कमाई गरेको छ भने स्टार प्रभासले अभिनय गरेको चलचित्र बाहुबलीको अहिलेसम्मको कमाई १७२५ करोड कमाई गरेको छ। तर हरर चलचित्र इटले ३ दिनमै ११५० करोड कमाउन सफल बनेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१