नागरिकहरु स्वास्थ्य सुधार नै आर्थिक समृद्धिको आधार : डा. महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७४, मंगलवार ०७:२१

नुवाकोट ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन नागरिकहरु स्वास्थ्य सुधार मुख्य आधार रहेको बताउनुभएको छ ।

सोमबार सूर्यगढी गाँउपालिकाको वाड न. ४ हल्देकालिकालाई पूर्ण खोपयुक्त वडा घोषणा र नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै नुवाकोट क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद् महतले शारिरिक रुपमा फूर्तिलो र स्वास्थ्यको दृष्टिकोणले सक्षम नागरिकले परिश्रम र प्रतिस्पर्धामा अग्रस्थानमा रहने भएकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । उहाँले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाएर श्रृजनशील विकासको चाहनाको लागी पूर्ण खोपयुक्त घोषणा, स्वास्थ्य चौकीको नयाँ भवनको निर्माण सकारात्मक सन्देश दिने भएकाले स्वास्थ्य सुधारमा आफ्नो सहयोग निरन्तर जारी रहने बताउनुभएको छ । पूर्वअर्थमन्त्री महतको पहलमा तीन करोड रुपैयाँ लगातमा निर्माण भएको नयाँ भवन सूर्यगढी गाँउपालिकास्तरमा नै सुविधायुक्त भएकाले प्रवाह गर्ने सेवामा पनि गुणस्तर बनाएर नागरिकलाई स्वास्थ्य र फूर्तिलो बनाउन महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङले पूर्ण खोपयुक्त घोषणा र नयाँ भवनको निर्माणसँगै आगामी दिनमा जन्मने बालबालिकाले पनि खोपको सुविधा पाउने र नयाँ भवनमा नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि र दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।यस्तै, काँग्रेसका युवा नेता रमेशकुमार महतले स्वास्थ्यको क्षेत्रमा मात्र नभई अधिकार सम्पन्न भएका स्थानीयतहको स्थापनाले अब नागरिकहरुलाई शैक्षिक, जिविकोपार्जन, रोजगारी सहित प्रतिस्पर्धाको अवशरमा अगाडी बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाब दिनुभएको छ । यस्तै, स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख बसन्त अधिकारीले सरकारले नागरिकको स्वास्थ्य सुधारको लागी निःशुल्क औषधि, मातृ र शिशु हेरचाह, बालबालिबालाई खोप कार्यक्रम सञ्चालन लगायतको व्यबस्था गरेकाले त्यसको लाभ लिन सरोकारबावालहरु पनि सचेत हुनुपर्ने बताउनुभएको छ ।

सूर्यगढी गाँउपालिकाको पहिलो वडाको रुपमा वडा न.४ हल्देकालिका पूर्ण खोपयुक्त वडा घोषणा भएकाले यसलाई सुरुवाती भन्दा पनि अन्य वडामा विस्तारको रुपमा अघि बढाउन सहयोग अभिप्रेरणा जगाउने गाँउपालिका अध्यक्ष शन्तबहादुर घलेले बताउनुभएको छ । गाँउपालिका अध्यक्ष घलेले बजेट तर्जुमा, नीति तथा कार्यक्रममा समेत स्वास्थ्यलाई प्रथामिकतामा राखेकाले राज्यले उपलब्ध गराएको स्वास्थ्य सुविधाबाट कोही पनि नागरिक बञ्चित हुन नदिने बताउनुभएको छ । हल्दे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एंव वडा नंं ४ का वडाध्यक्ष रामकुमार गिरीले भौतिक रुपमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएकाले मुख्य समस्याको रुपमा प्रसुती सेवा सञ्चालनमा सहयोग पुयाउन स्वास्थ्य कार्यालय नुवाकोटको ध्यानाकर्षण गराउनुभएको छ । स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा गुणस्तर र निःशुल्क वितरण औषधि बिरामीलाई उपपलब्ध गराउन आफू प्रयत्नशील रहेकाले गर्भवतीलाई गाँउमै सुत्केरी गराउनको लागी भौतिक रुपमा सम्पन्न भएकाले जनशक्तिको व्यवस्थापन भएमा सहज हुने वडाध्यक्ष गिरीले बताउनुभएको छ । साविकको हल्देकालिका गाविस एव सूर्यगढी गाँउपालिकाको वडा नंं ४ लाई पूर्ण खोपयुक्त घोषणा गर्न सहयोग पुयाएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटले घोषणा मात्र नभई त्यसलाई निरन्तरता दिन तर्फ रेडक्रस सभापति सुरतबहादुर चित्रकारले बताउनुभएको छ । कार्यक्रममा दुप्चेश्वर गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ ले पुर्ण खोप सुनिश्चितता को घोषणमा मात्रै सिमित हुननहुने यस्को प्रभाकारी कार्यनयन हुनु पर्ने बताउनु भयो खोप सुनिश्चितता संगै अब खुल्ला दिशा मुक्त गाउँ पालिका बनाउन को लागि सुझाव दिनु भयो ! कार्यक्रममा स्वास्थ्य चौकी निर्माण गर्न जग्गा उपलब्ध गराउने दाताहरु बासु गिरी र भुवन गिरी, दार्मे गाँउघर क्लिनिक निर्माणको लागी जग्गा उपलब्ध गराउने दाता यमनाथ देवकोटा, कानथुम गाँउघर क्लिनिक निर्माणको लागी जग्गा उपलब्ध गराउने दाता चन्द्रबहादुर तामाङलाई सम्मान गरिएको छ । यस्तै, वडा भित्र कार्यरत रहेका १५ जना महिला स्वास्थ्य स्वंय सेविकालाई सम्मान एंव ३ जना स्वास्थ्य स्वंय सेविकालाई सम्मान सहित बिदाई समेत गरिएको छ । कार्यक्रममा सूर्यगढी गाँउपालिकाको उपाध्यक्ष मञ्जु ढकाल,नेविसंघका केन्द्रीय उपाध्यक्ष उर्मिला थपलिया कार्यपालिका सदस्य दिपक परिवार, , काँग्रेस २ नंं क्षेत्रीय सचिव एवम् रेडक्रस जिल्ला सदस्य रामजी पौडेल, महिला संघका अध्यक्ष कल्पना नेपाली, , तरुण दल नुवाकोट सचिव सुवन गिरी,तरुण दल २ नं. क्षेत्रीय अध्यक्ष शरण घले नेबि सङ्ख्या २ नं. क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र लगायतको सहभागिता रहेको थियो । नेपाल सरकारले यो अग्रेजी वर्ष अर्थात सन् २०१७ भित्र मुलुकलाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य राखेपनि नुवाकोटमा अहिलेसम्म साविकको गाविसको रुपमा रहेको हल्देकालिका सहित भाल्चे, चतुराले, सूर्यमती, किम्ताङ, मनकामना, तलाखु र गोस्र्याङ मात्र बल्ल पूर्ण खोपयुक्त घोषणा भएको छ ।      

प्रतिक्रिया