यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७४, मंगलवार ०६:०४

कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी एक रसियन सुन्दरीले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् ।

रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् ।

६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै कायम भैसकेको छ।

२९ वर्षकी लिसिनाको बायाँ खुट्टाको लम्बाई १३२.८ सेन्टिमिटर छ भने दायाँ खुट्टाकेा लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ।

वास्तवमा लिसिनाको खान्दान नै अग्लो छ । उनका दाजू ६फिट ६इन्च अग्ला छन् । जबकी उनका बुवा ६फिट ५ इन्च अग्ला छन् भने आमा ६फिट १ इन्च अग्ली ।

गिनिज बुकमा नाम लेखाउन पाउँदै निकै अनौठो अनुभुति भैरहेको भन्दै यसले दिनानुदिन पाइरहेको सकारात्मक दृष्टिमा अझै बढोत्तर्ी हुने विश्वास उनको छ ।

किशोरावस्थामा लामो जिउकै कारण खिसिट्यूरीको सिकार भएकी लिसिनाले त्यतिबेलै व्यवसायिक मोडेल हुने अठोट गरेकी थिइन् ।

सन् २००८ को ओलम्पिक खेलमा उनी रुसका राष्ट्रिय बास्केटबल टोलीमा परिन् र कास्यपदक हात पारिन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१