हिमार्शाको दौरा सुरुवाल बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७४, सोमबार १८:५३

काठमाडौं । हिमार्श प्रालिले आफ्ना उत्पादनहरु दौरा सुरुवाल बजारमा ल्याएको छ । कम्पनीले सोमबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले उत्पादन गरेको दौरा सुरुवाल सार्वजनिक गरेको हो ।
१० जना युवाहरुको समूहले हिमार्सा नामक कम्पनी दर्ता गरी संयुक्त रुपमा दौरा सुरुवाल उत्पादन गर्न थालेको कम्पनीका अध्यक्ष किशोर लामिछानेले बताए । अध्यक्ष लामिछानेले पछिल्लो समय मुलुकको शास्त्रीय पहिचान झल्काउने दौरा सुरुवाल छायाँमा पर्दै गएकाले सबै सामू सहज रुपमा उपलब्ध गराउने अठोटका साथ कम्पनी स्थापना गरिएको बताए । ‘सगरमाथाको चुच्चो मानिने ढाका टोपिको शिर र नग्न पहाड तराई ढाक्ने कवज दौरा सुरुवाल हो’ कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले भने– ‘दौरा सुरुवाल चाहिएमा अनलाईन अर्डर गर्नुहोस्, हामी फ्री डेरिभरी गरिदिन्छौं ।’ अन्य दौरा सुरुवालको भन्दा मूल्य पनि सस्तो रहेको उनको भनाई थियो ।
कम्पनीले हिमार्सा डटकममा गएर अनलाई अर्डर गर्ने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीले पत्रकार सम्मेलन मार्फत आफूले उत्पादन गरेको दौरा सुरुवालको गुणस्तर समेत उत्कृष्ट रहेको जनाएको छ । इन्जीनियरिङ, म्यानेजमेन्ट तथा कृषि बिषय अध्ययन गरेका १० युवाहरुको कम्पनीमा लगानी रहेको छ । कैलालीका किशोर लामिछाने, कैलालीकै क्षितिज रावल र विमल तिवारी, बाग्लुङका कृष्ण उपाध्याय, डोटीका विष्णु बोगटी र कसीस मल्ल, महेन्द्रनगरका गणेश मल्ल, सुर्खेतका राम आचार्य र धादिङका अञ्जन चापागाँईको समूहले दौरा सुरुवाल उत्पादन गर्न थालेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१