दर्शकको मन राख्न फेसबुकमा आए निखिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७४, शनिबार ०६:३७

काठमाडौं । सोसल मिडियामा धेरैजसो मानिसहरु आशक्त भएका छन्। अहिलेको समयमा सामाजिक सञ्जालबाट टाढा कमै होलान्। राजनीतिज्ञदेखि कलाकारसम्म फेसबुक, ट्विटर, ईन्स्ट्राग्राममा सक्रिय रहने गर्छन। त्यसमा पनि सेलिब्रेटी अनि स्टारको उपमा पाएका पाएका कलाकारहरु त हर बखत अपडेट हुनपर्छ भनिन्छ र धेरै हुन्छन् पनि। तर, यसबाट नायक निखिल उप्रेती भने टाढा थिए। उनको नाममा सयभन्दा बढी फेक फेसबुक एकाउन्टहरू खोलिएको भएतापनि अहिलेसम्म उनले आधिकारीक रुपमा आफ्नो नामको फेसबुक, ट्विटर अनि ईन्स्ट्राग्राम खोलेका थिएनन्।

फ्यानहरु चाहन्छन् आफ्नो स्टारसँग कुनै न कुनै माध्यमबाट नजिक हुन पाइयोस् र यसैकारण पनि हो निखिलको नाममा सय बढी फेक फेसबुक एकाउन्टहरू खोलिनु। फेक फेसबुक एकाउन्टमा अपलोड हुने केही नराम्रा पोस्टहरुले निखिलको पारिवारमा समेत ठूलो भूकम्प ल्याएको थियो। गएको वर्ष भ्यालेन्टाइन डेमा निखिलकै नराम्रो हुनेगरी पारिवारिक रुपमा नै बिखण्डन आउने अनि आफ्ना सम्झिएका फ्यानहरुनै भड्किने प्रकारका पोस्टहरु बाहिर आए। जसले उनको परिवारमा समेत हल्लीखल्ली मच्चायो।

फेक आईडीबाट दुई श्रीमतीका पति निखिलले एकलाई च्यापेर अर्कोलाई वास्ता नगरेको, फ्यानको चासो र मागमा वास्ता नगरेको सम्मका पोस्टहरु बाहिरिए। यसले निखिललाई ठूलो तनाबमा ल्याएको थियो । अब भने निखिललाई फेसबुकमा भेट्न सकिने भएको छ। केहीदिन अगाडि मात्र उनले आफ्नो नामको आधिकारीक फेसबुक आईडी बनाएका छन् । अहिले उनी आफ्नो लाइक पेज र पर्सनल फेसबुक आईडीमा एकपछि अर्को पोस्टहरु गर्दै आइरहेका छन् । उनले फ्यानका लागि भनेर ‘अफिसियल : निखिल उप्रेती’ नामको फेसबुक लाइक पेज खोलेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१