मिथिला शर्माका फ्यान परिवारको सदस्य सम्झनेदेखि भाइटीका लगाउनेसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७४, शुक्रबार २०:४६

मिथिला शर्मा नेपाली चलचित्र जगत्की चर्चित अभिनेत्री हुन् । रंगमञ्चबाट कलाकारिता जीवन सुरु गरेकी शर्माले २०५१ सालमा पहिलोपटक ‘विश्वास’ चलचित्रमा अभिनय गरेकी थिइन् । गत वर्ष मात्र विवाह बन्धनमा बाँधिएकी शर्माले थुप्रै चलचित्रमा काम गरिसकेकी छन् । चलचित्र क्षेत्रमा काम गर्ने सिलसिलामा उनले थुप्रै फ्यान कमाइन् । तिनै फ्यानका किस्सा शर्माले गज्जबका महेश तिमल्सिनासँग यसरी खोलिन् ।

सम्झाउने र गाली गर्ने फ्यान
मैले रंगमञ्चबाट करिअर सुरु गरेकी थिएँ । त्यो वेलामा अहिलेको जस्तो सञ्चारमाध्यम, सामाजिक सञ्जालको विकास भएको थिएन । मेरो प्रस्तुति जसले आएर हेर्नुहुन्थ्यो, त्यो हेरेकै हिसाबमा मलाई मन पराउने फ्यान हुनुहुन्थ्यो । म क्लासिकल नृत्य र क्लासिकल नाटक गर्थें । सानै उमेरदेखि रंगमञ्चमा भएकाले मलाई नचिन्ने सायदै थिए । साथै, मेरो प्रस्तुति हेरेर धेरैले प्रशंसा गर्नुहुन्थ्यो । मैले केही बिगारेँ भने पनि मलाई सम्झाउनुुहुन्थ्यो र कतिपयले गाली पनि गर्नुहुन्थ्यो ।

अभिनय हेरेर आफ्नै परिवारको  सदस्य सम्झनेहरू
‘आमाको आशा’ भन्ने टेलिसिरियलले मलाई प्रत्येक परिवारको सदस्य बनायो । त्यसवेलामा अरू टेलिभिजन थिएन । नेपाल टेलिभिजनबाट मात्र टेलिसिरियल आउँथ्यो । टेलिसिरियलमा मैले गरेको अभिनयलाई हेरेर मेरा फ्यानहरूले मलाई आफ्नै परिवारको सदस्यजस्तो बनाउनुभयो । एकजना काठमाडौंकै दिदी हुनुहुन्थ्यो उहाँले मेरो अभिनयमा बिरामीको भूमिका हेरेपछि म साँच्चिकै बिरामी भएको होला भन्ने सोचेर चिन्ता लिनुहुँदाे रहेछ ।

रौतहटमा एउटा भोजपुरी फिल्मको सुटिङ गरिरहेका थियौँ । त्यहाँ रविकिसन पनि हुनुहुन्थ्यो । मैले यति धेरै डाइहार्ड फ्यान भेटेँ कि उहाँहरूको भिडले गर्दा हामीले फिल्म सुटिङ नै गर्न सकेनौँ । र, त्योे दिनको सुटिङ नै रोक्यौँ । भोलिपल्ट पनि हामीले प्रहरी लगाएर सुटिङ गरेका थियौँ ।

सुटिङमा बुढी भनेर भाग्ने भाइ
म ‘राँको’को सुटिङका लागि बज्रबाराही जंगलमा गएकी थिएँ । त्यसको केही दिन पहिला मैले एउटा टेलिसिरियलमा बुढीको भूमिकामा अभिनय गरेकी थिएँ । त्यहाँ म र शिव दाइले एउटा गाना गरिरहेका थियौँ । त्यहीवेलामा एकजना भाइ मेरो अघि आउनुभयो । उहाँले मलाई एकोहोरो हेरिरहनुभयो । अनि ओइ बुढी आमा भनेर भाग्नुभयो । त्यस्तै, हामी भोलिपल्ट पनि सुटिङको लागि त्यहीँ गएका थियौँ । उहाँ भोलिपल्ट आउँदा मलाई बारीको काँक्रो फलफूल लिएर आउनुभएको रहेछ । अनि मैले उहाँलाई हिजो किन भाग्नुभएको ? भनेर सोधेँ । उहाँले मलाई केही दिनअघि मात्र टेलिसिरियलमा बुढी आइमाईको भूमिकामा देख्नुभएको रहेछ ।

विद्यार्थीले सिरियलमा मरेको देखेपछि…
नरेन्द्र दाइको ‘संस्कार’ भन्ने सिरियलमा मैले अभिनय गरेकी थिएँ । त्यो सिरियलमा मेरो मृत्यु भएको रोल हुन्छ । एकजना विद्यार्थीले सिरियल हेरिरहेको रहेछ । हेर्दै जाँदा म मरेको देखेपछि ऊ निकै रोएछ । अनि भोलिपल्ट उसको अभिभावकले विद्यालयमा लिएर आउनुभयो । सबैले मिस मर्नुभएको छैन भन्दा पनि उसले पत्याएनछ । जब म स्कुल गएँ अनि उसले देख्यो । त्यसपछि त मलाई झम्टेर रोयो । म त अचम्म परेँ ।

अंगालो हालेर रुने ती बुढी आमा
राप्ती नदीमा ‘बाटुली’ चलचित्रको सुटिङ भइरहेको थियो । म बसिरहेकी थिएँ । सोहीवेला एकजना बुढी आमा दौडँदै म भएको ठाउँतिर आउनुभयो । उहाँले मेरो ‘सुख, दुःख’ चलचित्र हेर्नुभएको रहेछ । त्यो चलचित्रले उहाँलाई निकै छोएको रहेछ । मलाई माया गर्नुभयो अनि आफ्नो दुःख, पीडाका बारेमा सुनाउनुभयो । वास्तवमा मैले सुखदुःख चलचित्रमा जुन पीडा भएको रोलको अभिनय गरेकी थिएँ, त्यो उहाँको जीवनसँग मेल खान पुगेछ । त्यसैले उहाँले मलाई भेटेपछि मन हलुंगो भएको बताउनुभयो । उहाँले मसामु आएर अँगालो हालेर आँसु झार्दै हलुंगो भएँ भनेर जानुभयो, तर म भारी भएँ । उहाँ अझै पनि मेरो मानसपटलमा ताजा हुनुहुन्छ ।

विराटनगरको एक कार्यक्रमबाट डान्स गरेर निस्कँदै थिएँ । त्यसवेला मैले पूरै मेकअप गरेकी थिएँ । मलाई मेकअप गर्दा बेग्लै देखियो होला । डान्स सकेर घर जाने वेलामा मेकअप सबै पुछेर निस्किएँ । त्यसपछि म अर्कै देखिएँ । अनि एकजनाले मलाई अघि डान्स गर्ने केटी कता छ भनेर सोध्नुभयो । उहाँ झुक्किनुभएछ । अनि मैले पनि उता छ उता  भनेर झनै झुक्याइदिएँ ।

फ्यानहरूले नै भाइटीका लगाइदिन भने
मेरो ‘दिदीभाइ’ चलचित्र हेरेपछि मलाई धेरै भाइहरूले भाइटीकामा टीका लगाइदिनका लागि आग्रह गर्नुभएको छ । यसरी उहाँहरूले दिदीभाइको सम्बन्धका रूपमा सोचेको देख्दा गर्व महसुस गर्छु । तर, मैले कसैलाई पनि टीका लगाइनँ । मैले उहाँहरूलाई तपाईंहरूले मलाई दिदी सोचेर टीका लगाइदिन आग्रह गर्नुभयो त्यही मेरा लागि ठूलो कुरा हो भनेँ । यो सम्बन्धलाई लामो समयसम्म टिकाइराख्नु भनेर उहाँहरूलाई भनेकी छु ।

झुक्किने फ्यान पनि भेटेँ
आजभन्दा धेरै वर्ष पहिला विराटनगरमा डान्स गरेर निस्कँदै थिएँ । त्यसवेला मैले पूरै मेकअप गरेकी थिएँ । मलाई मेकअप गर्दा बेग्लै देखियो होला । डान्स सकेर घर जाने वेलामा मेकअप सबै पुछेर निस्किएँ । त्यसपछि म अर्कै देखिएँ । अनि एकजनाले मलाई अघि डान्स गर्ने केटी कता छ भनेर सोध्नुभयो । उहाँ झुक्किनुभएछ । अनि मैले पनि उता छ उता भनेर झनै झुक्याइदिएँ ।

बीचबाटोमै गाडी रोकेर फोटो खिच्न आउने ट्याक्सीचालक
म एक दिन बाटोमा हिँड्दै थिएँ । एकजना ट्याक्सीचालकले ट्याक्सी रोकेर दिदी म तपाईंलाई एउटा कुरा भन्छु माइन्ड नगर्नु है भन्नुभयो । मैले भन्नुस् भनेँ । उहाँको आमा मेरो डाइहार्ड फ्यान हुनुहुँदोरहेछ र
मेरोबारेमा कुरा गरिरहनुहँुदोरहेछ । मैले उमेर ढल्किसकेपछि बिहे गरेँ भनेर चिन्ता लिनुहुँदोरहेछ । उहाँले मेरो आमाका लागि तपाईंसँग फोटो खिच्छु ल भनेर फोटो खिचेर जानुभयो ।

फ्यानको भिडले सुटिङ नै रोक्नुपर्यो
रौतहटमा एउटा भोजपुरी फिल्मको सुटिङ गरिरहेका थियौँ । त्यहाँ रविकिसन पनि हुनुहुन्थ्यो । मैले यति धेरै डाइहार्ड फ्यान भेटेँ कि उहाँहरूको भिडले गर्दा हामीले फिल्म सुटिङ नै गर्न सकेनौँ । र, त्योे दिनको सुटिङ नै रोक्यौँ । भोलिपल्ट पनि हामीले प्रहरी लगाएर सुटिङ गरेका थियौँ । साभार नया पत्रिका

तस्बिरः कृष्ण पौड्याल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१