१५ मिनेट छुट्याउनुस् किड्नीको पत्थरीबाट बचिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७४, शुक्रबार २०:३८

परिवर्तनशील लाइफस्टाइल र गलत आहारविहारका कारण किड्नीको पत्थरीका बिरामी बढ्दै गएका छन् । तर, अब आत्तिनु पर्दैन । मात्रै १५ मिनेट छुट्याउनुहोस्, किड्नीमा हुने पत्थरीबाट जोगिन सकिन्छ । बिहान अथवा साँझ योगासन गर्दा यस्तो समस्याबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन् । यो योगासनले किड्नीलाई असल राख्नुका साथै सधैँ स्वस्थ राख्न मद्दत गर्छ । योगले किड्नी स्टोनबाट कसरी बचाउँछ त ? योग इन्स्ट्रक्टर रत्नेश पाण्डे यसो भन्छन् :

पेट तल पार्नुहोस् । तपाईंको कम्मर जमिनमा टेकाउनुहोस् । यसको सहारामा तपाईंको बडीलाई माथि उठाउनुहोस् । यो प्रक्रिया कम्तीमा १० पटक गर्नुहोस् ।

वज्रासनको पोजिसनमा बस्नुहोस् । दुवै हातका औँठा पेटमा लैजानुहोस् । तपाईंको शिर जमिनतिर निहुराउनुहोस् । यो कार्य कम्तीमा ५ पटक गर्नुहोस् ।

तपाईं कुनै राम्रो गुन्द्रीमा सुत्नुहोस् । बिस्तारै खुट्टा माथि लैजानुहोस् । अब तपाईंको घुँडा छातीमा लैजानुहोस् र हातले टाइट तरिकाले समात्नुहोस् । आफ्नो नाकले घुँडामा छुने प्रयास गर्नुहोस् । यो क्रियाकलाप पनि पाँचपटक गर्नुहोस् ।

माथि भनिएकै आसनमा सुत्नुहोस् । सुरुमा दायाँ खुट्टाको घुँडालाई आफ्नो छातीमा लैजाने कोसिस गर्नुहोस् । आफ्नो हातले घुँडामुनि समात्नुहोस् र नाकले घुँडामा छुने प्रयास गर्नुहोस् र छोड्नुहोस् । यो प्रक्रिया कम्तीमा पाँचपटकसम्म गर्नुहोस् ।

एकपटक राम्रोसँग उभिनुहोस् । त्यसपछि बिस्तारै अगाडिपट्टि जति सकिन्छ निहुरिनुहोस् । निहुरिँदा खुट्टा बांगो गराउने कोसिस नगर्नुहोस् । तपाईंको हातका औँला खुट्टामुनि केही समय राख्नुहोस् र छोड्नुहोस् । अब पुरानै स्थितिमा आउनुस् । फेरि उही तरिकाअनुसार कम्तीमा आठदेखि १० पटकसम्म गर्नुहोस् ।

वज्रासन स्टाइलमा बस्नुहोस् । तपाईंका दुवै हात शिरभन्दा माथिपट्टि सीधा पार्नुहोस् । यो पोजिसनमा कतिसम्म झुक्न सकिन्छ, झुक्नुहोस् ।
सीधा सुत्नुहोस् र आफ्नो खुट्टा उचाल्दै आफ्नो शिरभन्दा माथिपट्टि भुइँमा छुने कोसिस गर्नुहोस् र पुरानै प्रक्रियामा आउनुहोस् । यो कम्तीमा १० पटकसम्म गर्नुहोस् ।

प्रतिक्रिया