रुपन्देही। धेरै विद्यालयका कक्षाकोठामा शिक्षकहरु पढाईरहेका हुन्छन् ।
रुपन्देहीमा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थीले नै सहपाठीहरुलाई पढाउँछन् ।
शिक्षक सहयोगी मात्रै बन्छन् । बुटवलको कालिका माविले यस्तो अभ्यास गरेको हो ।
विद्यालयले हरेक कक्षामा ५ देखि ७ वटा समुह बनाएको छ । उक्त समुहमा ७ विद्यार्थी हुन्छन् ।
ती समुहले शिक्षकको सहयोगमा पालैपालो कक्षा चलाउँछन् ।, आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया