नाइटोसम्बन्धी यी कुरा पढेर तपाईं छक्क पर्नुहुनेछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७४, बिहीबार १३:५६

काठमाडौं । पेटको बीच भागमा हुने नाइटो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो । हुन त नाभिले हाम्रो शारीरिक क्रियाकलापमा कुनै योगदान गर्दैन तर यससँग जोडिएका रोचक जानकारीहरूले छक्क पार्छन् ।

यहाँ हामी तिनै जानकारी दिँदैछौं।

नाइटोमा करबि ६७ प्रकारका ब्याक्टेरिया हुन्छन् र यी ब्याक्टेरियाहरू हाम्रो शरीरका लागि अत्यन्त आवश्यक हुन्छन् ।

जम्मा चार प्रतिशत व्यक्तिको नाइटो बाहिरतिर निस्केको हुन्छ ।

महिला वा पुरुष कुनै पनि व्यक्तिको नाइटोको संरचना एकैजस्तो हुँदैन । सबैको नाइटोको आकार फरकफरक हुन्छ ।

महिलाको नाइटोवरिपरि रौं हुँदैन जबकि धेरैजसो पुरुषको नाइटोवरिपरि भुत्ला हुन्छ । यो हर्मोनको कारण भएको हो ।

नाभि स्तनधारी प्राणीहरूमा मात्र हुन्छ चाहे मनुष्य वा जनावर होस् ।

केही अनुसन्धानकर्ताहरूका अनुसार पेटको ठीक बीचमा नाइटो हुने व्यक्तिका बच्चाहरू स्वस्थ जन्मिन्छन् ।

भारत तथा चीनमा प्रचलित परम्परागत औषधोपचारमा सर्पले टोक्दा नाइटोको प्रयोग गरिन्छ ।

भारतीय योगशास्त्रअनुसार मनुष्यका शरीरमा सात चक्र हुन्छन् जसमा एक नाभिमा विद्यमान छ ।

नाइटोलाई पवित्र अंग पनि मानिन्छ । पुराणहरूमा भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भएको वर्णन आउँछ ।

गर्भावस्थामा महिलाहरूको नाइटो बाहिर निस्कन्छ र उनीहरूको नाइटोको आकार सधैंका लागि बदलिन्छ।

नाइटोको सफाइका लागि एन्टीब्याक्टेरियल उत्पादन प्रयोग गर्नुहुँदैन । तिनले नाइटोका उपयोगी ब्याक्टेरिया नाश गरिदिन्छन् जसका कारण संक्रमणको खतरा आइलाग्छ। एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१