सुरक्षाका हिसाबले आइफोन खतरापुर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७१, बिहीबार ११:१०

मानिसहरुको चाहनालाई ध्यानमा राखेर एप्पल कम्पनीले पुरानो आइफोनमा केहि परिमार्जन गर्दै आफ्ना नयाँ संस्करणहरु निकाल्ने गर्दछ । आइफोनमा धेरै मानिसहरुको मन बसेको छ, तर चिनीयाँ सरकारले भने एप्पल आइफोनलाई राष्ट्रिय सुरक्षाको लागि खतरा भएको बताएको छ । iphone-_-1चीनको स्टेट मिडिया खबरका अनुसार, आइफोनमा प्रयोगकर्ताको ठाउँको बारेमा जानकारी दिने सुविधा रहेको हुन्छ र एप्पलले दिएको यो सुविधाका कारण नै चीनको लागि यो असुरक्षित भएको छ । आइफोनमा उपलब्ध सुविधा ‘फ्रिक्वेन्ट लोकेसन’ ले प्रयोगकर्ता भएको ठाउँ र त्यससँग जोडिएको थुप्रै जानकारीहरु दिने भएको कारण यसलाई असुक्षित मानिएको बताइएको छ ।   चीनको ब्रोडकास्टर सिसिटिभीले एप्पलले दिएको यो सुविधाको आलोचना गरेको छ । यो बारेमा चिनियाँ सरकारले अनुसन्धान पनि गरेको बुझिएको छ । एक शोधकर्ता भन्छन्, ‘देशमा थुप्रै प्रकारको जरुरी डाटाहरु हुने गर्दछ । यदि यो डाटामा कसैको पहुँच भयो भने यो देशको अर्थव्यवस्था र दस्तावेजहरुका लागि खतरा बन्ने गर्दछ ।   उता एप्पलले भने यो विषयमा केहि जवाफ दिएको छैन । पछिल्ला समयहरुमा चीनले एप्पलको बारेमा निकै आलोचना गरिरहेको बुझिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१