डिशहोमको दशैँ तिहार योजनामा ३ हजारको छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७४, शनिबार ०६:०१

काठमाडौँ ।  नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक, डिशहोमले नेपालीहरूको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरू माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ।

यस योजना अन्र्तगत ग्राहकहरुले रु। ५९९९ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा रु। ३००० छुट प्राप्त गरी रु। २९९९ मै जोड्न सक्नेछन् । डिशहोमले हरेक वर्ष दशैं र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष पनि उपभोक्ताहरुलाई डिशहोम कनेक्शन खरिदमा रु। ३००० छुट प्रदान गर्न लागेको डिशहोमका महाप्रवन्धक कल्याण अधिकारीले जानकारी दिए।

‘हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा डिशहोम जडान गर्न पे्ररित गर्न चाहन्छौ । हामी नेपालकै सवैभन्दा बढी एचडी च्यानलहरु भएको र बिक्री पछिको गुणस्तरीय सेवा नेपालभर पु¥याउन सक्षम कम्पनी हौं,’ उनले भने “सर्वसुलभ मूल्यमा यति गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित हुनुहुन्छ । नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय हो।”

डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । यसका साथै डिशहोमले ‘प्लस मूभि’, ‘डिशहोम सिनेमाघर’, ‘एक्सन स्पोर्टस्’, ‘रमाइलो टिभी’ च्यानल, ‘ओरेञ्ज म्यूजिक’ तथा एजुकेशन च्यानल लगायत अन्य थुप्रै आफ्नै च्यानलहरू समेत सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१