काठमाडौं । अभिनेत्री प्रियंका चोपडा सिक्स प्याक बडी बनाउन लागिपरेकी छिन् । प्रयोगको मामलामा प्रियंका त्यसै पनि अरू हिरोइनभन्दा एक पाइला अगाडि नै छिन् ।
बलिउडका साथै हलिउडका फिल्ममा पनि निरन्तरता दिइरहेकी प्रियंकाले आफूलाई अभिनेत्री मात्र नभई गायिकाका रूपमा समेत प्रस्तुत गरिसकेकी छिन् ।
प्रान्तीय फिल्म निर्माणमा समेत सक्रिय प्रियंकाले हलिउडको फिल्म ‘इजन्ट इट’ रोमान्टिकमा योगा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छिन् । त्यसकारण उनलाई सिक्स प्याक आवश्यक परेको हो ।
भारतीय अनलाइनका अनुसार प्रियंका अचेल सोही भूमिकामा लागि सिक्स प्याक बनाउन जिममा अभ्यासरत छिन् । नयाँ पत्रिकाले छापेको छ ।
उनको सिक्स प्याक रूप भने केही समयपछि हेर्न पाइनेछ ।हलिउडका फिल्ममा ब्यस्त रहे पनि बलिउडका निर्माताले उनीसँग कुरा गर्न भने छाडेका छैनन् । उनलाई आफ्नो फिल्ममा लिन केही निर्माताले कुरा गरिरहेको भए पनि तय भने भइनसकेको बताइन्छ ।
प्रतिक्रिया