आमा बनेपछि यसरी फेरिन्छ चर्चित हिरोइनहरुको जिन्दगी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७४, बिहीबार ०६:३६
वास्तविक जीवनमा आमा बनिसकेका बलिउडका अभिनेत्रीहरु आमा बनेपछि फिल्म पर्दामा पुनः आउनु एउटा चलन जस्तै भएको छ ।

नब्बेको दशकको कयौं अभिनेत्री जसले विवाहपछि आमा बनेसँगै फिल्म उद्योगबाट विदा लिएका थिए । र, आजभोलि फिल्म उद्योगमा फिर्ता हुनका लागि आमाको भूमिकाको सहायता लिइरहेका छन् ।

रवीना टण्डनको रिलिज भएको फिल्म मातृ पनि यसकै नमूनाको एक कडी हो । यस कडीमा माधुरी दीक्षित देखि ऐश्वर्या राय जस्ता कयौं हिरोइन सहभागी छन् ।

सन् २००७ मा आएको यशराज फिल्मसको ‘आजा नच ले’बाट पाँच वर्ष पछि उद्योगमा फिर्ता आएकी माधुरी पनि उक्त फिल्ममा एक बच्चाकी आमा बनेकी थिइन् ।

सन् २००६ मा काजोल ले पनि कमव्याक गरेकी थिइन् फिल्म फनालाई छानिन् ।

सन् २०१२ मा आएको श्रीदेवीको फिल्म इग्लिश विंग्लिश होस् या फेरि उनको आउन लागेको फिल्म मम या २०१५ को ऐश्वर्या स्टारर जज्बा तथा अब रवीनाको मातृ यी सभै फिल्मबाट यो थाहा हुन्छ कि उनीहरुले यस्ता फिल्म छान्ने गरेका छन् जसले उनीहरुको नीजि जीवनमा आमाको छवी मिल्न सकोस् ।

लगभग ५ वर्षपछि मुख्य भूमिकामा फिर्ता आएकी रविनाले आफू जीवनमा जुन विषयसँग नजिक हुइन्छ त्यस्ता विषयमा अभिनय गर्न मन लाग्ने बताइन् ।

ऐश्वर्या रायले आमा बनेपछि आमाको भूमिकामा फिल्म खेल्दा वास्तविक अभिनय गर्न सकिने बताइन् ।

आज भन्दा लगभग ४० दशक पहिला हिन्दी फिल्मका कयौं हिरोइनले आमा बनेपछि पनि पुन उत्कृष्टताका साथ फिल्ममा कम व्याक गरेका थिए तर आज भोलि भने त्यस्तो देखिदैन किन ?

आलोचकहरु भन्छन् पछिल्ला समय सामाजिक सञ्जालको व्यापकता र चर्चाका कारण पनि आमा बनेकाहरु फिल्ममा कम व्याक गर्न सकिरहेका छैनन् ।

जस्तो करिना आमा बनेपछि सवैतिर चर्चा भयो र दर्शकको दिमागमा पनि उनी आमा भएको विचार बस्छ र फिल्म निर्माताले पनि उनीहरुलाई आमाको रुपमा नै पेश गर्न मन पराउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१