राम रहीमको खर्बौंको सम्पत्तिको हकदार एक युवती, को हुन् उनी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७४, बिहीबार ०६:२६

डेरा सच्चा सौदाका प्रमुख राम रहीम सिंह बलात्कारको मुदामा दोषी ठहर भएसँगै २० वर्षको जेल सजाय भएको छ ।

खबौं रुपैयाँका मालिक रहेका राम रहीमको अवको वारिसको हो भन्ने चर्चा शुरु भएको छ । उनका एक छोरा र दुई छोरी छन् । तर उनको सम्पत्तिको मुख्य दाबेदारको रुपमा भने उनले केही वर्ष अघि छोरीको रुपमा अपनाएका हनीप्रीत सिंहलाई लिइएको छ ।

हनीप्रित रामरहिमको यति नजिक छिन् की रामरहिमका आफ्ना छोरा छोरी भन्दा उनी धेरै समय सँगै हुन्छिन् ।
तर, हनीप्रीतका श्रीमनले भने रामरहिम र हनीकाबीचमा नाजायज सम्बन्ध रहेको थियो । उनले उनीहरुको सम्बन्ध आफैले देखेको भन्दै सानो भिडियो क्लिप्ससमेत सार्वजनिक गरेका छन् ।

कति छ सम्पत्ति

खर्बौं रुपैयाँका मालिक राम रहीमको जिन्दगी एकदमै रंगीन छ । राम रहीमले पाँचवटा फिल्म बनाएका छन् र त्यसमा उनी आफैं नायक र निर्देशक हुन् ।

मिडिया रिपोर्टका अनुसार उनका पाँच फिल्मले ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।
राम रहीमको पूरा नाम सन्त डाक्टर राम रहीम सिंहजी इन्सा हो । राजस्थानको श्रीगंगानगरमा राम रहीमको जन्म १५ अगस्ट १९६७ मा भएको थियो ।

उनको डेरा सच्चा सौदा नामक धार्मिक संगठन छ । उनका करीब पाँच करोड समर्थक रहेको बताइन्छ ।
डेरा सच्चा सौदाले राम रहीमको ५०औं जन्मदिनलाई गोल्डेन जुबलीका रूपमा मनायो । उक्त समारोहमा एक करोड मानिस आएका थिए ।

त्यतिखेर ५१ क्विन्टलको केक काटिएको थियो हरियाणाको सिरसामा डेरा सच्चा सौदाको मुख्य कार्यालय छ । दुई किलोमिटर क्षेत्रमा फैलिएको छ यो ।

भारतभरि डेराका ४६ वटा आश्रम अनि अमेरिका, क्यानाडा, अस्ट्रेलिया र युएइमा शाखाहरू छन् ।
आश्रम परिसरमा भक्तहरूका लागि एमएसजी होटेल र कशिश होटेल छन् । सिरसामा एउटा मार्केट कम्प्लेक्स पनि छ जहाँ रहेका सबै पसलको नाम सचबाट शुरु हुन्छ ।

सूत्रहरूका अनुसार डेरा सच्चा सौदासँग ३०० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ । यो त देखिएको सम्पत्ति मात्र हो । नदेखिएको सम्पत्ति त हजारौं करोड रुपैयाँको भएको बताइन्छ ।

आश्रममा एउटा गुफा बनाएर राम रहीम बस्ने गरेको थाहा लागेको छ । त्यहाँ उनका खास सेवकहरू मात्र जान पाउँछन् । गुफामा महिला सेवादारले पहरा दिन्थे ।

यही गुफामा राम रहीमले साध्वी भक्तहरूलाई बोलाएर बलात्कार गर्ने गरेका रहेछन् । बलात्कृत महिलाले मुद्दा हालेपछि अहिले राम रहीम दण्डित भएका हुन् ।

राम रहीम आफूलाई धर्मप्रचारक मान्छन् तर ग्ल्यामरको संसारमा रुचि राख्छन् । फिल्मको हिरो बन्ने बाल्यकालीन इच्छा राम रहीमले पूरा गरे । मेसेन्जर अफ गड नामक फिल्ममा उनले सुपर बाबाको भूमिका निर्वाह गरेर एक्लै लागूऔषध व्यापारी र वेश्यावृत्तिविरुद्ध लडेको देखाउँछन् ।

राम रहीमको जीवनशैली अत्यन्तै खर्चिलो छ । कारहरू पनि उनको प्रशस्तै छन् । कार कतै रोकिँदा भक्तहरू कारलाई टेन्टले ढाकेर सुरक्षा गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१