दुई वर्षका लागि सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा इन्टरनेट फ्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७४, बुधबार ०५:३५

काठमाडौं  । सरकारले सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट दिने योजना ल्याएको छ ।

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया समेत अघि बढेको बताइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सो क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क विस्तार गर्न इन्छुक कम्पनीले २ असोजसम्म आवेदन दिन सक्ने गरी ४ भदौमा सूचना निकालेको जनाएको छ । उक्त स्थानमा २ वर्षसम्म इन्टरनेश निशुल्क गर्न लागिएको हो ।

सार्वजनिक स्थल तथा महत्वपूर्ण क्षेत्रहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने नीतिअनुसार यो प्रक्रिया सुरु भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१