सुन्दरी किम कादार्शिन तौल घटाएर चर्चामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७४, बुधबार ०५:३०

एजेन्सी । पत्याउनै मुस्किल पर्ने गरी तौल घटाएर अमेरिकी टीभी रियलिटी स्टार सुन्दरी किम कादार्शिन चर्चामा आएकी छन् । हुन त, आफूलाई चर्चामा ल्याउन अनेक हरकत गर्ने सेलिब्रेटीकै रुपमा चिनिन्छिन् किम । गर्भवती अवस्थामा टु–पिस मात्रै लगाएर फोटो सुट गरी त्यसलाई सोसल मिडियामा भइरल बनाएर ‘बेबी बम्प’ प्रकरणबाट आफूलाई निकै चर्चामा ल्याएकी किम सन्तान जन्माएपछि केही समय गुपचुप जस्तै थिईन ।

आमा बन्नेक्रममा निकै बढेको तौललाई केही महिनाको मिहिनेतले घटाएर ५६ केजीमा झार्न सफल भएकी किमले आफू स्लिम देखिएको तस्बिरहरु शेयर गरेपछि हलिउडमा यतिखेर उनी फेरि संचारमाध्यममा छाएकी छन् । अग्लो ज्यानको निकै मोटो शरीरलाई स्लिम बनाउन सफल भएको भन्दै उनको मिहिनेतको प्रशंसा गर्दै हलिउडकर्मी र प्रशंसकबाट किमलाई निकै बधाइ प्राप्त भइरहेका छन् ।

स्लिम बनेकी कादार्शिनको तस्बिर कैद गर्नका लागि फोटोग्राफरहरु उनको पछि पछि समेत लाग्न थालेका छन् ।

यसैक्रममा सपिङ गरिरहेको अवस्थामा लस एन्जलसमा फोटोग्राफरको घेरामा परेपछि उनले विभिन्न पोज दिएर आफनो ‘स्लिम एन्ड सेक्सी बडी’लाई क्यामेरामा कैद गर्ने मौका दिईन । त्यसक्रममा उनले संचारकर्मीलाई आफनो स्लिम बन्ने क्रम जारी रहेको समेत बताईन् । उनले भनिन्, ‘अहिले ५६ केजीमा घटिसकेकी छु, अझै २ केजी घटाउने क्रममा छु ।’

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१