सदावहार सुन्दर रहन के गर्ने ? अभिनेत्री करिश्मा मानन्धरको जवाफ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७४, सोमबार ०९:३३

काठमाडौं ।  नेपाली अभिनेत्रीहरूमध्ये करिश्मा मानन्धरको चर्चा अभिनयले मात्रै हुँदैन, त्योभन्दा बढी चर्चा सौन्दर्यले हुन्छ । उमेर बढ्दै छ, तर उनको सौन्दर्यमा कमी आएको छैन । सोही कारण सबैले उनलाई सदावहार सुन्दर नायिका भनेर टिप्पणी गर्दै आएका छन् । अहिलेसम्म दर्जनौँ फिल्ममा काम गरिसकेकी उनी पर्दामा जति सुन्दर छिन्, रियालिटीमा पनि उत्तिकै सुन्दर छिन् । नयाँ पत्रिकाकर्मी रामजी ज्ञवालीले नायिका मानन्धरलाई प्रश्न गरेका छन्, सदावहार सुन्दर रहन के गर्ने रु उनको जवाफ यस्तो छ :

 

जति उमेर बढ्दै जान्छ, तनावले घेर्छ, रोगले च्याप्छ, उति नै हाम्रो सौन्दर्य पनि फिका हुँदै जान्छ । सधैँ सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वस्थ जीवन । शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ ।

नियमित व्यायाम र योगा सौन्दर्यको अर्को रहस्य हो । मानिसले जतिसुकै काम गरे पनि समय छुट्याएर व्यायाम गर्न जरुरी छ । व्यायाम र योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ । यसले मानिसलाई स्वस्थ बनाउँछ ।

सकेसम्म सधैँ खुसी हुन सक्नुपर्छ । मानिस स–साना घटनाबाट दुःखी बन्छ, तर त्यो दुःखलाई सहज तरिकाले समाधान गर्ने हो, दुःख मान्ने होइन । हामी जेसुकै काम गर्छौं, त्यसमा इन्जोय गर्नुपर्छ । यसले रिजल्ट पनि राम्रो दिन्छ । पीरमर्का, दुःख, हर्ष, विस्मातलगायतका कुरा मानिसको जीवनमा आइरहन्छ । तर पनि सकेसम्म खुसी रहने प्रयत्न गर्र्नुपर्छ । यसले मानिसलाई कतिसम्म सुन्दर बनाउने भन्ने कुरामा भर पर्छ ।

 

सन्तुलित र स्वस्थ खानपानमा सधैँ ध्यान दिनुपर्छ । हामी नेपालीहरू यो विषयमा अझै पनि उति गम्भीर नभएको जस्तो लाग्छ । मानिसको सौन्दर्यको अर्को राज सन्तुलित र स्वस्थ खानपान पनि एक हो ।

सकेसम्म सरसफाइमा ध्यान दिन जरुरी छ । पहिरन पुरानो भए पनि सफा लगाउने, निरन्तर नुहाउने, सफाचट मानिस सधैँ सुन्दर हुन्छ ।

समय–समयमा नयाँ पहिरन किन्ने र लगाउने गर्नुपर्छ । यसले अर्कै खालको ऊर्जा उत्पन्न हुन्छ ।

सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुँदैन, जीवनशैलीमै परिवर्तन गर्नुपर्छ । सधैँ एकै प्रकारको जीवनशैली ठीक हुँदैन ।

निद्राको विषयमा कोही पनि सिरियस भएको लाग्दैन । हामी पर्याप्त निदाउनुपर्छ । यसले केवल हर्मोन मात्र सन्तुलित रहँदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । निद्रा सधैँ गडबडी भयो भने मानिस अस्वस्थ हुन्छ ।

मेकअप र कसरत मात्र गरेर हुँदैन । सुन्दर बन्नका लागि हरेक मानिसमा आत्मविश्वास आवश्यक हुन्छ । आत्मविश्वासी मान्छे भित्रैदेखि खुसी हुन सक्छ ।

बढी रिसाउने गर्नु हुँदैन । यसले अस्वस्थ बनाउँछ । मैले अघि पनि भनिसकेँ, सकेसम्म खुसी बन्न सक्नुपर्छ ।

दिनदिनै नुहाउनु हुँदैन भन्ने गरिए पनि व्यायाम, जिम गइसकेपछि पसिना आउँछ । जिम र व्यायाम नगए पनि दिनदिनै नुहाउनुपर्छ । हामी निकै व्यस्त छौँ । यो समयमा पसिना आउने भएकाले शरीर दुर्गन्धित हुन सक्छ ।

नुहाइसकेपछि कुनै पनि प्रकारको तेल कपालमा तातो बनाएर लगाउनु राम्रो हुन्छ । यसो गर्दा तेल पूर्ण रूपमा केसमा फैलन पाउँछ । नयाँ पत्रिकाले छालेको छ ।

तेल लगाएर हातले रगड्नु हँदैन । यसले गर्दा केस कमजोर हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१