चरीकी प्रेमिका पुजा भन्छीन चरीलाई मार्ने योजना ७ महिना अघि देखिनै थियो ( हेरौ उनको भिडीयो समेत )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ श्रावण २०७१, बिहीबार ०५:५६
काठमाडौं, २२  साउन । प्रहरीसँगको भिडन्तमा मारिएका गुडा नाइके दिनेश अधिकारी चरीको हत्या सात महिनाअघि देखि भएको उनकी प्रेमिकाले बताएकी छन् ।

चरीकी प्रेमिका पूजा गुरुङले सात महिनाअघिदेखि नै आफूलाई मार्न धम्की आइरहेको चरीले बताउने गरेको बताएकी हुन् । चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याउने जानकारी पाएपछि अस्पताल पुगेकी पूजाले यस्तो बताएकी हुन् ।

उनका अनुसार, चरीको हत्या भएको हो । अर्पण कोइराला र प्रहरी निरीक्षक कुमुद ढुंगेलले आफूलाई मार्न खोजेको चरीले बताउने गरेको पूजाले बताएकी छन् । टिचिङ हस्पिटलमा पत्रकार सामू बोल्दै भन्छिन, – ” अर्पण कोइराला र प्रहरी कुमुद ढुंगेलले मलाई मन पराउँथे तर आइ लभ यू मात्र भन्न सकेका थिएनन, जव दिनेशसँग मेरो इंगेजमेण्ट भयो तब उनिहरु मिलेर दिनेशलाई सिध्याउने चाल चले, आज त्यहि ब्यक्तिगत कारणले चरीको हत्या भयो । “imager
अर्पणले आफूलाई मन पराएर पिछा गर्ने गरेको र आफूले मतलब नराखेपछि चरी तार्गेट भएको पनि उनको आरोप छ ।प्रहरी निरीक्षक कुमुदले पटकपटक चरीलाई मार्छु भनेर आफूलाई समेत व्ल्याकमेलिङ गर्ने गरेको समेत उनको आरोप छ । १५ दिनअघि मात्र काठमाडौं आएका चरीलाई प्रहरीले खोजिगरिरहेको थाहा पाएपछि हुलिया नै बदलेर हिडेका थिए । आज बिहान पूजा र चरीबीच कुराकानी भएको थियो । हिजो भेट भएको थियो ।
प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याएको छ । पोष्टमार्टमपछि चरीका आफन्तलाई बुझाउने तयारी गरेको छ ।

चरीकी प्रेमिका पुजाले त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा बुधवार साँझ के भनिन त्यो हेर्नको लागि यहाँ क्लिीक गर्नुहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१