यी हुन् ८३ वर्षदेखि ननुहाएका व्यक्ति, जसले मरेको सिनो खान्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७४, आईतवार ०६:१३

लन्डन । इरानमा एकजना यस्ता व्यक्ति छन्ले ८३ वर्षदेखि ननुहाएको खुलेको छ ।

८३ वर्षीय अमोउ हाजीको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन्, ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् ।

ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । केही गाउँले वेलावेलामा उनलाई भेट्न भने पुग्छन् । गाउँलेहरूले उनलाई सानो झुपडी नै बनाइदिएका छन् ।

अमोउको खान्की पनि अचम्मको छ । उनी प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहेको उनी बताउँछन् ।

अमोउ कहिल्यै ननुहाए पनि दैनिक दुई ग्यालेन पानी भने पिउँछन् । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् । कतिपयले उनलाई नुहाउने सल्लाह पनि दिए । उनलाई त्यो सुझाब चित्त बुझेन । उनी भन्छन्, ‘सरसफाइका कारण म बिरामी पर्छु ।’ – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१