नेपाल पर्यटन व्यवसायी संघ (निट) द्वारा रौतहटका बाढि प्रभावितलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७४, शुक्रबार २०:४५

काठमाडौं । नेपाल पर्यटन व्यवसायी संघ (निट) ले रौतहट जिल्लाका बाढिबाट प्रभावितलाई राहत वितरण गरेको छ । निटले गत मंगलबार रौतहट जिल्लाको साबिक धर्मपुरको पकहा बखरी वडा नं ६, ७, ८ र ९ का ३०० बाढि प्रभावित परिवारहरू लाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो ।
निटका उपाध्यक्ष केशव पाण्डेको नेतृत्वमा संघका अन्य पदाधिकारी तथा सदस्यहरु बाढि प्रभावित बस्तिमा पुगि ३०० घरधुरिलाई करिब सात लाख बराबरको खाद्यान्न र करिब रु १२००००० (बाह्र लाख) बराबरको टेन्टसमेत गरी रू. १९ लाख बराबरको राहत सामाग्रिहरू वितरण गरिएको निटका उपाध्यक्ष केशव पाण्डेले
जानकारी दिनुभयो । संघमा आबद्ध व्यक्ति र केहि संस्था हरूको सहयोगबाट संकलित रकमबाट चामल, नुन, तेल, दाल, सोयाबिन, चिउरा, भुजिया, दालमोठ, साबुन र औषधि खरिद गरि वितरण गरिएको थियो । निटले उक्त राहत वितरण कार्यक्रम हिमाली जलवायु मैत्रि संगठनको सहकार्य र सामुदायीक सहयोग केन्द्र नेपाल, चितवन र खुम्बिला संरक्षण प्रतिष्ठानको सहयोगमा गरेको थियो ।
बाढिका कारण खाद्यान्न तथा घरबार गुमाएका परिवारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै निटका अध्यक्ष दीपक महतले विपतको बेला सबैले सबैलाई सहयोग गर्नु अपरिहार्य रहेको बताउनुभयो । यसै सन्दर्भमा दोस्रो चरण्को राहत रकम संकलन गर्न निट सचिवालय लागिरहेको र छिट्टै निटको टोलि दोस्रो चरणको राहत सामग्री बोकि अर्को पिडित समुदायसम्म पुग्ने अध्यक्ष महतले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१