अनौठो रुखः यसलाई छुँदा थकाइ मेटिन्छ (फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७४, बिहीबार १६:१४

एजेन्सी ।

हुन त पारजित भनिने रुख नेपाल र भारतका विभिन्न स्थानमा पाइन्छ । तर भारत उत्तर प्रदेशको को किन्टुर भन्ने स्थानमा पारिजातको अनौठो रुख छ । यो रुख छुँदा थकाइ मेटिने दावी स्थानीयबासी गर्छन् ।

उत्तर प्रदेशको बाराबंकी जिल्लाको सदरमुकामबाट ३८ किलोमिटर टाढा पर्ने गाउँमा यो रुख छ । सामान्यतः पारिजातको वृक्ष १० देखि २५ फिट सम्म हुन्छ । किन्टुरमा रहेको रुख भने ४५ फिट अग्लो र ५० फिट मोटो छ ।

parijat tree
यो रुखामा सेतो रंगका फूल फुल्छन् भने । यो रुखबाट फुल टिप्न सख्त मनाइ छ ।

parijat tree 1

पारिजात रुखको वर्णन हरिबंश पुराणमा पनि गरिएको छ । यसको उत्पत्ति समुन्द्र मन्थनको समयमा भएको उल्लेख छ । यो रुखलाई छुँदा पनि थकान मेटिने हरिबंश पुराणमा पनि उल्लेख छ ।

parijat tree 2

यो रुखबाट मुटुरोगीका लागि औषधी समेत बनाइन्छ । यो रुखलाई संरक्षित रुख घोषणा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१