वलिउड नायिका हुमा कुरेशी ‘फ्याट टु फिट’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७४, बुधबार ०७:३०

वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । हुमाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा आफ्नो २८ दिनको डाईटको फोटो पोस्ट गरेकी छिन् । त्यो तस्विर उनका प्रशंसकहरुले मन पराएका छन् । सामाजिक सञ्जालमा हुमाको यो पोष्टहरु देखेर एक न्यूट्रिसन ब्राण्डको ध्यान तानिएको छ, जो छिट्टै आफ्नो उत्पादन भारतिय बजारमा बिक्रिको सुरुवात गर्दैछ । हुमाको बढ्दै गरेको तौलका बिषयमा चर्चा बढ्दै गएको थियो । जसका कारण मार्च २६ बाट उनले आफ्नो डिटक्स डाइट सुरु गरिन । उनले पोष्ट गरेको फोटोसँगै आफ्ना प्रशंसकहरुलाई खानाको पूर्ण विवरण पनि लेखेकी छिन् । साथै उनले लेखेकी छिन्, ‘चीनी, सोडा, ग्लुटेन जस्ता चिज छाड्नु पर्दछ र हरेक दिन स्वस्थ खानाबाट आफ्नो दिनको सुरुवात गर्नुपर्दछ । जो कोही प्रशंसक यदि तौल घटाउन चाहान्छन् भने यो डाईट फलो गर्न सक्नुहुन्छ ।’ हुमा आफ्नो दिनको सुरुवात एक गिलास तातो पानीमा कागती र अदुवा हालेर पीएसँगै सुरु हुन्छ । बाँकी दिनमा पनि आफूलाई फ्याटबाट फिट बनाउन हल्का प्रकारका खाना र नाश्ता खाँदैछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१