नेपालमै पहिलो पटक सुरक्षित इन्टरनेट सेवा सुरुवात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७४, मंगलवार १३:५०

काठमाडौँ । विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पु¥याउदैँ आएको वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । यसले अभिभावकहरुलाई वल्र्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुचयोग्य छ भन्ने अनुमति दिदै प्रयोगकर्ताहरुलाई कुन समयमा कस्ता नियन्त्रण सामाग्रीको छनोट गर्ने भन्ने बारेमा अनुमति दिने गर्दछ। यो सेवा वल्र्डलिंकका ग्राहकहरुका लागि निशुल्क प्रदान गरिने छ । सेफनेटको सेटिङ्ग र कन्ट्रोलहरु वल्र्डलिंकको ग्राहक पोर्टल अथवा माई वल्र्डलिंक एप्सबाट प्राप्त गर्न सकिन्छ ।
सेफनेट प्रयोगका केही उदाहरणहरु ः
· बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्ने,
· डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक गर्ने,
· वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर गर्ने,
· वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्ने,
· फेसबुक,ट्वीटर,युट्युब जस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज गर्ने,
· आफ्नो समय तालिका अनुसार वेवसाइट अन र अफ गर्ने,
· विशेष वेवसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्ने ।

यो सेवा नेपाली बजारमा अभ्यासको रुपमा सञ्चालन गर्न लागेको हुनाले सेवामा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टीको व्यवस्था नरहेको कुरा जानकारी गराउदछौं । साथै यो सेवा सामान्य अभ्यास, जागरुकता र ज्ञानको कार्यान्वयन पश्चात सर्वोत्तम प्रयासका आधारमा प्रदान गरिन्छ । वल्र्डलिंकले प्रदान गरेको सेफनेटका फिल्टरिंग अल्गोरिदम,डोमेन सूचीहरु लगभग सही हो भनेर सुनिश्चित गर्ने प्रयास हो तर कुनै विशेष डोमेन वा वेवसाइटको गलत वर्गीकरणको लागि कुनै दायित्व स्विकार गरिने छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१