तिर्थ कोइरालालाई भारी मतले पराजित गर्दै पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानलै विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०७४, मंगलवार १३:४०

काठमाडौँ । नेपाल पत्रकार महासंघमा काँग्रेस र माओवादी प्यानलबाट गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ। केहीबेर अघि सार्वजनिक भएको परिणाम अनुसार पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । उता प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

एमाले निकट प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका तिर्थ कोइरालाले ६२७ मत ल्याउँदा लोककतान्त्रिक प्रगतिशील पत्रकार प्यानलका आचार्यले ७३२ मत ल्याएर बिजयीको माला पैरिएका छन् ।

त्यस्तै खुला उपाध्यक्षमा विपुल पोखरेल , समावेशी उपाध्यक्षमा दिलिप थापामगर , महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भए भने महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१