सिन्धुपाल्चोक,२१ साउन । सिन्धुपाल्चोकको माङ्खामा गएको पहिरोको कारण ६७ मेगावाट विद्युत उत्पादन ठप्प भएपछि लोडसेडिङ डेढ घण्टा बढ्ने भएको छ ।नेपाल विद्युत प्राधिकरणले अनौपचारिक रुपमा डेढ घण्टासम्म लोडसेडिङ बढ्ने बिज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पहिरोले ४५ मेगावाटको भोटेकोशी, ६.५६ मेगावाटको चाकु, तीन मेगावाटको भैरवकुण्ड, २.५ मेगावाटको सानिमामाई र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजना ठप्प भएका छन्।
प्रशारण लाइन र ड्याममा भएको क्षतिका कारण विद्युत उत्पादन हुन नसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले भारतबाट थप विद्युत आयात गरि लोडसेडिङ घटाउने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया