एजेन्सी । भारतीय चर्चित अभिनेता ऋतिक रोशन यतिबेला आफ्नै पूर्व श्रीमती सुजेनका कारण चर्चामा छन् । कारण हो एकाएक उनीहरुको निकटता । कुनै समय एकले अर्कालाई देखी नसकेपछि छुट्टीएको यो जोडीबिच डिर्भोस मात्रै भएन लामै वादविबाद समेत हुन पुग्यो । दुईको दुई छोराका बाबु आमा ऋतिक र सुजेनको डिर्भोस हुने निश्चित भएपछि सन् २०१४ मा बैवाहिकमा श्रीमती सुजेन खानले ऋतिकसँग ठुलो धनराशी समेत लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ऋतिकको लभ अफयेरबाट वाक्क भएर डिभोर्स मागेकी सुजेन नै अहिले ऋतिकसँग नजिकिएको बताइएको छ । यो चर्चित जोडीले डिभोर्स भएको दुई वर्षपछि ऋतिक र सुजेनबीच फेरी नजिकपन देखिन थालेपछि उनीहरुका आफन्त पनि दंग परेका छन् । पारिवारिक स्रोतका अनुसार हिजोआज उनीहरु भेटघाटमा मात्रै नभई निकै समय लिएर र दिएर व्यस्त हुन थालेका छन्।
ऋतिकको फिल्मको प्रचार होस वा सुजेनको कुनै कार्यक्रम, यो जोडीले एकअर्कालाई निकै समय र सहयोग गरिरहेको देख्न सकिन्छ । ऋतिक र सुजैन एक अर्कासँग निकै राम्रोसँग व्यवहार गर्दै दुई बच्चासँगै छुट्टी मनाईरहेका छन् । उनीहरु ४ जनाले समय बिताएको देख्दा कतै उनीहरु फेरी मिल्न लागेका त होइनन् भन्ने प्रश्न उठ्का छन् । जुन उनीहरु आफन्त र ऋतिकका फ्यानका लागी समेत शुभ खबर हो ।
प्रतिक्रिया