सिन्धुली । हरेक व्यक्तिमा भएको क्षमतालाई उजागर गर्दै जिल्लाको प्रतिभालाई राष्ट्रिय रुपमा रुपान्तरण गर्ने उदेश्यका साथ जिल्लामै पहिलोपटक सिन्धुली आइडल –२०७४ को अडिसन सिन्धुलीको रातमाटा-०६ मा शुरु भएको छ। प्रिन्स राज को निर्देशनमा सञ्चालन भएको सिन्धुली आईडल-२०७४ को उद्घाटन तथा अडिसन जेठ १० गते शुरु गरिएको थियो। नृत्य र गायन विधामा आफुमा भएको क्षमता प्रस्फोटन गर्नका लागि सुनौलो अवसरका रुपमा लिइएको सिन्धुली आईडलमा करिब १५० जना प्रतियोगिले भाग लिएका थिए। जिल्लाका स्थानिय सानो ठुलो सबै उमेर समुहका प्रतियोगिले भाग लिन पाउने आईडलमा नृत्य र गायनमा वरावरि जस्तै प्रतियोगी रहेको प्रिन्सराजले वताए । सिन्धुली आईडलमा प्रतिस्पर्धीहरुको छनौट उत्कृष्ट ५० हुदै भोटिङ्ग र प्रदर्शनको आधारमा उत्कृष्ट २५ वाट २० हुँदै , २० बाट १५ हुँदै अहिले उत्कृष्ट १० प्रतिस्पर्धीको छनौट भएको छ । उत्कृष्ट २५ lai, गायक जीतु श्रेष्ठ को हित गीत “DhukChuk” मा कभर अडियो र भिडियो हुँदै छ। सिन्धुली आईडलको विजेता एक जना हुने कुरा थियो तर गायन र नृत्य पक्ष मा उत्तिकै अब्बल प्रतिस्पर्धी भएको करण ले बिजेता दुई जना हुने निर्णय खुल्न आएको छ। दुबै बिधालाई रु ६५००० – ६५००० नगत तथा विजेतालाई आफ्नै एकल गीत र भिडियो IDOL ले बनाइदिने छ। साथ साथै खुल्न बाँकी धेरै आश्चर्यजनक गिफ्ट र सुनौला मौकाहरु रहेको कुरा प्रिन्स राज ले जानकारी दिनु भयो । नयाँ प्रतिभालाई यस्तो ठुलो मञ्च पहिलो पटक पाएको हो सिन्धुलीले, यस्को श्रेय Rapper प्रिन्स राज लाई जान्छ। अहिले को परिस्थिती अनुरूप जुन कदम प्रिन्स राज ले लिएका छन् , त्यो अनुरूप उनी सिन्धुलीका नयाँ प्रतिभाका गड फादर जस्तै साबित भएका छन् । अत्यन्त कडा र मेहनतका साथ आफ्नो प्रस्तुती प्रस्तुत गरिरहेका प्रतियोगीताको निर्णायकमा चर्चीत गाएक मिलन सुर्खेती, गायिका तथा मोडल बविता शर्मा र संञ्जय वलम्पाकी मगर रहेका छन । सुन्नुमा आएको छ, निर्णयक हरु को न्याय एकदम अब्बल र परस्पर रहेको छ ।
प्रतिक्रिया