काठमाडौँ ,१९ साउन । श्रावण २३ देखि प्रदर्शन हुने श्रीकृष्ण श्रेष्ठको फिल्म कोहिनूरको सेन्सर प्रक्रिया सकिएको छ तर श्रीकृष्ण श्रेष्ठ भने नेपाल फर्किएका छैनन् । ठूलै रोगले उनी ग्रसित भएको आशंकाहरु यहि क्रियाकलापले अझ प्रमाणित समेत गरेको अवस्था छ । किन कि परिवारका सदस्यका रुपमा रहेका श्रीकृष्णका दाई मिन श्रेष्ठ श्रीको अवस्था बुझ्न दिल्ली पुगेका छन् ।
सुत्रबाट बुझिए अनुसार हिरोइन समेत रहेकी श्री पत्नी स्वेता खड्काले श्रीको बारेमा पूर्ण जानकारी परिवारमा नगराएपछि श्रीका दाई दिल्ली पुगेका हुन । दाई दिल्ली पुगे पश्चात श्रीको तत्तकाल अवस्था बारे केही खबर बाहिर आउन सक्ने आधार चाहि देखिएको छ । गत हप्ता आयोजित कोहिनूरको प्रेस मिटमा परिवारका सदस्यहरु एवं निर्देशक आकाश अधिकारीले केही दिन भित्रै उनीहरु नेपाल आउने बताएका थिए तर प्रेस मिट भएको एक हप्ता भईसक्दा पनि श्री फर्किने चहलपल छैन् । यो समय फिल्मी बजारमा श्रीको स्वास्थ्य अवस्थालाई लिएर अनेकथरी अडकलबाजी भईरहेका छन् ।
श्रीको डिम प्रोजेक्टका रुपमा रहेको कोहिनूरलाई भारतका मुम्बई देखि लिएर विभिन्न शहरमा छायकंन गरि तयार गरिएको हो । फिल्ममा केही दृश्य अभिभावक विना बालबालिकाले हेर्न नमिल्ने भन्दै सेन्सर बोर्डले प्यारेन्टल गाईडेन्स (पिजी) सर्टिफिकेट प्राप्त गरेको निर्देशक आधिकारीको भनाई छ । तर उनले रिलिजको अन्तिम हप्ता समेत कोहिनूर जोडी काठमाण्डू नफर्किएको अवस्थामा तनावले सगरमाथा छोएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया