काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को साउन २१ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि लैनचौर बैङकेटमा जिम्बा जाङ्बु शेर्पाको प्यानल घोषणा गरिएको छ । नेपाली कांगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट) नेपाल , नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीहरुको समर्थन रहेको उक्त प्यानल अब एमाले र माओवादी गठबन्धनमा बनेको सन्तबीर लामा प्यानलसँग चुनाव लड्नेछ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार जिम्बा जाङबु शेर्पा प्यानलको प्रथम उपाध्यक्षमा भूमीलाल लामा, द्वितीय उपाध्यक्षमा ङिमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी। छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमल कुमार नहर्की रहनुभएको छ । त्यस्तै सदस्यहरुमा डा। हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ ९बलराम० न्यौपाने, मुकुन्दप्रसाद पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहनुभएको छ ।
आरोही पेशेवरहरुको हक हितलाई बढाउँदै, टुहुरा बालबालिकालाई पढाउने, निमार्णाधिन अन्तराष्ट्रिय स्तरको भवन पुरा गर्ने तथा हिमाल जोगाउन व्यवसायिहरुको ऐक्यवद्धताको लागि आफुहरुले काम गर्ने अध्यक्षका प्रत्यासि जिम्बा जाङबु शेर्पाले बताउनु भयो । पहिलोचोही अध्यक्ष हुदाँ अदालतमा मुद्धा परेकोले आफुले धेरै काम गर्न नसकेकोले यसचोटी व्यवसायिक हक हितका लागि पहल गर्न आफु अध्यक्ष बन्न लागेको शेर्पाले बताउनु भयो । संचारमाध्यमको दैनिक समाचारमा एनएमएको गतिविधि आइरहने गरी काम गर्न आफनो उम्मेद्धवारी दिएको महासचिवका उम्मेदवार कुलबहादुर गुरुङले बताउनु भयो । गुरुङ टानका पूर्व उपाध्यक्ष तथा गणेश हिमाल पर्यटन विकास संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
पर्यटन व्यवसायलाई राजनीतिबाट मुक्त गर्नको लागी आफुहरु तयार रहेपनि एमाले र माओवादी पार्टीले आफना केन्द्रिय सदस्य पठाएर हस्तक्षेप गरेकोले सहमतिय सम्भावना टरेको निट नेपालका अध्यक्ष दिपक महतले बताउनु भयो । १५ सदस्सिय कार्यसमितिमा ७ जना शेर्पाहरुको उम्मेद्धवारी रहेको छ ।
प्रतिक्रिया