काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को यही साउन २१ गते हुने निर्वाचन मिति नजिकिएसँगै निर्वाचनको सरगर्मी अझ बढेको छ । व्यवसायीहरु बिहान झिसमिसे देखि राती अवेर सम्म एनएमएको निर्वाचनमा कसलाई नेतृत्व तहमा पुर्याउने भन्ने विषयमा छलफलमा व्यस्त बनेका छन् ।
विशेष गरि राष्ट्रिय रजानीतिमा क्रियाशिल प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका पर्यटन व्यवसायीहरु यसमा बढी नै केन्द्रीत भएको देखिन्छन् । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले सन्तबीर लामालाई अध्यक्षको रुपमा अघि सारेको छ । त्यस्तै नेकपा माओवादी निटक संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनले पनि निमी शेर्पालाई अध्यक्षको रुपमा अघि सारे पनि हाल त्यस निर्णयबाट पछि हट्दै स्वतन्त्र उम्मेदवार जिम्बा जाङबु शेर्पालाई अध्यक्षमा सघाउने संकेत देखिएको छ ।
नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (नीट) ले पनि जिम्वा जाङबु शेर्पालाई नै अध्यक्षमा सघाउने गरि छलफल अघि बढाएको छ । त्यस्तै नयाँ शक्ति निकट पर्यटन व्यवसायीहरुले जिम्बा जाङबु शेर्पालाई नै सघाउने लगभग पक्का पक्कि भएको छ ।
प्रतिक्रिया