निशुल्क मधुमेह तथा थाईराइड शिविर हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७४, बिहीबार ०८:२६

काठमाडौँ। नेपाल कार्डियो थाईराइड तथा डाइबिटिज सेन्टरको संयोजनमा साउन १४ गते शनिबार निशुल्क  मधुमेह तथा थाईराइड शिविर हुने भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गरेर लाजिम्पाट स्थित नेपाल कार्डियोले उक्त शिविर राख्ने भएको हो ।लाजिम्पाट स्थित सस्थाकै प्रांगणमा हुने उक्त स्वास्थ्य शिविरमा इसिजी ,मधुमेह ,पिसाब लगायतको निशुल्क परिक्षण हुनेछ भने डाक्टरको परामर्श अनुसार  अन्य परिक्षणमा ५० प्रतिशत छुट लिन सकिने बताइएको छ । नाम दर्ता तथा अन्य जानकारीका लागि सस्थाको टेलीफोन ०१ ४४२८७४० मा सम्पर्क गर्न सकिने छ ।

सस्थाका कार्यकारी निर्देशक शेर बहादुर रानाका अनुसार पछिल्लो समय महिलाहरुमा थाईराइड अत्यधिक देखिएको हुनाले बिपन्न तथा निम्न आयस्तर भएका महिलाहरुलाई नै लक्षित गरेर शिविर राखिएको हो ।

ख्याती प्राप्त बिशेषज्ञ डाक्टरह बजरंग कुमार रौनियारले बिरामीको निशुल्क स्वास्थ्य जाँच गर्ने आयोजकले जनाएको छ । यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको नेपाल कार्डियोले यो सेवा लिन सबैमा अपिल गरेको छ  । शिबिरमा चेकजाँज संगै मनोपरामर्ष सेवा पनि दिइने आयोजकले जानकारी दिएका छन ।

आर्थिक समस्यका कारण आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका बिरामीलाई लक्षित गर्दै सस्थाले स्वास्थ्य शिविर राख्दै आएको छ ।

प्रतिक्रिया