बाहिरी चक्रपथको निर्माण कार्य रोकियो, यस्तो छ कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७४, बिहीबार ०६:११

काठमाडौं । बाहिरी चक्रपथअन्तगर्तको सतुंगल–चोभार सडकखण्डमा जग्गा प्राप्तिको समस्या टुंगो लाग्न नसक्दा निर्माण कार्य अलपत्र परेको छ । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्तिका लागि अझै मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सकेको छैन ।

जग्गा प्राप्ति गर्न मन्त्रिपरिषद्ले निर्णय नगरुञ्जेलसम्म सो सडकखण्ड निर्माणको काम रोकिने भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी विकास मन्त्रालयकै उदासीनताका कारण बाहिरी चक्रपथअन्तर्गत सतुंगल–चोभार सडकखण्डको निर्माण कार्य रोकिन पुगेको जनाएको छ । जग्गा प्राप्तिको निर्णय गराइपाऊँ भन्दै प्राधिकरणले एक महिनाअघि नै मन्त्रालयमा निवेदनसहितको फाइल पेस गरेको थियो । तर, पटक–पटकको अनुरोधपछि पनि मन्त्रालयले सो फाइल मन्त्रिपरिषद् बैठकमा पेस गर्न सकेको छैन ।

प्राधिकरणका सूचना अधिकृत ध्रुव सापकोटाले जग्गा प्राप्तिसम्बन्धी निर्णय नभएकाले सतुंलग–चोभार सडकखण्डको निर्माण कार्य रोकिन पुगेको बताए । ‘सतुंगल–चोभार क्षेत्रमा ल्यान्डपुलिङ गर्न आवश्यक छ । त्यसका लागि मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । चाँडो निर्णय होस् भनेर प्राधिकरणले सबै फाइल मन्त्रालयमा पेस गरिसकेको छ । तर, मन्त्रालयले फाइल अघि बढाउन सकेको देखिएन,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१