अस्ट्रेलियन एजुकेशन फेयर साउन १३ गते काठमाडौंमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७४, मंगलवार ०८:०१

काठमाडौं,१० साउन । अस्ट्रेलियाको बिभिन्न युनिभर्सिटीमा बिगत ३ बर्ष देखि विद्यार्थीहरु पठाउदै आएको भाइस नेपालले  यही आउँदो साउन  १३  गते काठमाडौंमा अस्ट्रेलियन एजुकेशन फेयर २०१७ आयोजना गर्ने  भएको छ।

अस्ट्रेलियामा उच्च अध्यनका लागि जान  चाहने विद्यार्थीलाई ध्यानमा राखेर भाइस नेपालले   होटल मल्लमा एक  दिने शैक्षिक मेलाको आयोजना गर्न लागेको कुरा भाइस नेपालका अध्यक्ष  जयराम पौडेलले बताए। ‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला हाम्रो संस्थाले आधिकारीक रुपमा विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गर्न लागेको हौ’, पौडेलले बताए ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना र यसको यात्रा मात्र हैन स्कलरसिप ,पढाइको स्तर, लाग्ने खर्च अनि आइपर्ने कठिनाइका विषयमा पनि छलफल गर्ने पौडेलले आयोजनाको उद्देस्य बारे स्पष्ट पारे।

पौडेलले अगाडि भने, ‘हामीले नेपालमा मात्र होइन अस्ट्रेलिया गएपछि पनि उनीहरूको पठन पाठनसँगै अन्य विषयमा पनि सेवा दिने विषयमा समेत छलफल चलाउने छौं। अस्ट्रेलियामा रहेका करिब एक दर्जन युनिभर्सिटीहरुसंग भाइस नेपालले  परिचय बनाएको समेत जानकारी गराए ।

अस्ट्रेलियन एजुकेशन फेयर २०१७ का कार्यक्रम संयोजक पोषण लामिछानेले भन्नुभयो अस्ट्रेलियाको ‘ वातावरण र परिस्थिति अनि शैक्षिक प्रणालिका साथ साथै काम र सम्भावनाका बिषयमा पनि प्रष्ट पार्ने हाम्रो उद्देस्य हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१