अन्टार्काटिकाको शून्य भन्दा कम तापमान रहेको स्थानमा बिहे गरेर विश्व किर्तीमान बनायो यो जोडीले, तस्विर बने भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७४, बिहीबार १८:५३

एजेन्सी । बेलायतमा पर्यटन गाइडका रुपमा काम गर्दै आएका टम सिल्भेष्टर र जुली बामले अन्टार्काटिकाको चिसोमा बिहे गरेर नयाँ कीर्तिमान कायम गरेका छन् ।

बेलायती यो जोडीले अन्टार्काटिकाको चिसोमा बिहे गरेर नयाँ कीर्तिमान बनाएसँगै अहिले विश्वब्यापी रुपमा चर्चा बटुलीरहेका छन् । उनीहरु शून्य भन्दा कम तापमान रहेको ब्रिटिश अन्टार्काटिकाको टेरोटरीमा बिहे गर्ने पहिलो जोडी बनेको डेलीमेलले लेखेको छ ।

बिहेमा बेहुली जुलीले पुरानो टेन्ट काटेर बनाएको सुन्तला रङ्गको पिहरन लगाएकी थिइन भने दुलहा टमले बिहेका लागि रिसर्च स्टेशनमा नै मशिनले घोटेर पितलको औंठी बनाएका थिए । बिहेमा बेहुली जुलीले पुरानो टेन्ट काटेर बनाएको सुन्तला रङ्गको पिहरन लगाएकी थिइन ।

बिहेको अवसरमा १८ जना सहयोगी कर्मचारी समेत उपस्थित थिए । दुलहा टमले बिहेका लागि रिसर्च स्टेशनमा नै मशिनले घोटेर पितलको औंठी बनाएका थिए । पहिलोपटक वेल्समा भेटिएका यी जोडिले तीन वर्ष अघि नै बिहे गर्ने घोषणा गरेका थिए । यो जोडीले अनौठो तरिकाले बिहे गरे लगत्तै यो जोडीलाई इन्टरनेटमा सर्च गर्नेको संख्या बढेको छ भने उनीहरुका तस्विर समेत भाइरल बनिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१