एजेन्सी । कंगना रनावतसँग निर्देशक करण जोहर र अभिनेता बरुण धवनले माफि मागेका छन्।
उनीहरुले आईफा अवार्डमा अभिनेत्री कंगना रनावतनको मजाक उडाएर पछि माफी माग्नु परेको बताइएको छ । कंगनाले बलिउडमा परिवारवाद हावी भनी दिएको अभिव्यक्तिप्रति करण, वरुण र सैफले मजाक उडाएका थिए।
खबर अनुसार तीनले कंगनाको मजाक उडाएपछि सामाजिक सञ्जालमा उनीहरुको निकै आलोचना भएको थियो। ट्वीटरमा करण,बरुण र सैफको कडा आलोचना हुन थालेपछि उनीहरुले कंगनासँग माफि मागेको बताइएको छ ।
एक अन्र्तवार्तामा करणले कंगनाको बारेमा यसरी बोल्न नहुने बताउदै माफी मागेको बताइएको छ ।
प्रतिक्रिया