फेसबुकको मोबाइल एप्सबाट म्यासेज पठाउने सुबिधा बन्द हुदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०७:२५
काठमाडौँ – संसारकै सबैभन्दा चर्चित र व्यस्त सामाजिक संजाल फेसबुकले अबको केही दिनभित्रै मोबाइल एप्सबाट म्यासेज पठाउने सुविधा बन्द गर्ने भएको छ। युरोपेली मुलुकहरुमा गत अप्रिल महिनामै म्यासेजिङ बन्द गरेको फेसबुकले अब सबैतिर यो सुविधा हटाउने निर्णय यसै साता गरेको टेकक्रन्चले जनाएको छ।

आइओएस र एन्ड्रोइड एप्स बन्द हुने भएपछि फेसबुक प्रयोगकर्ताले म्यासेजिङ सेवा प्रयोग गर्न अब फेसबुककै बेग्लै डेडिकेटेड मोबाइल म्यासेन्जर एप प्रयोग गर्नुपर्नेछ।
​नेटिभ आइओएस र एन्ड्रोइड एप्सबाटभन्दा म्यासेन्जरबाट २० प्रतिशत चाँडो रिप्लाई हुने र विभिन्न खाले समस्या पनि समाधान हुने विश्वास फेसबुकले लिएको छ। मोबाइल वेब, आइप्याड, विन्डोज फोन र डेस्कटप कम्प्युटरमा भने मेसेजिङ सुविधा हटाइने छैन।
फेसबुकले आफ्ना प्रयोगकर्तालाई एप्स डाउनलोडको लिंक पठाउन थालेको छ। च्याट सुविधा बन्द गर्नुअघि उसले आफ्ना प्रयोगकर्तालाई विभिन्न सूचना पनि दिनेछ। उसले आफ्ना प्रयोगकर्तालाई एप्समा गरिएको परिवर्तनको कारण जनाउदै इमेल पनि लेख्नेछ।

प्रतिक्रिया