कतै तपाइलाई पनि थाइराइड त छैन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७४, बुधबार १४:१८

डाक्टर बजरंग कुमार रौनियार

थाइराइड भनेको एक विशेष प्रकारको ग्रन्थीहो । यो पुतलीआकारको ग्रन्थी हो । यो घाँटीको अग्रभागमा रहेको हुन्छ । यसको प्रमुख काम थाइराइड हर्मोन निकाल्नु हो ।

हर्मोन हाम्रो शरीरमा उत्पादन हुने एक तत्व हो जो रगतबाट प्रवाहित हुन्छ र अंग र कोषहरुको कार्यमा मद्दत गर्दछ जसले गर्दा शरीरले विभिन्न कार्य सम्पादनगर्दछ । थाइराइड ग्रन्थीले राम्ररी काम गरेन भने दुई प्रकारका समस्याहरु देखिन्छन् ।

यी समस्याहरुलाई हाइपो थाइराइडिज्म (थाइराइड हर्मोनको कमी) र हाइपर थाइराइडिज्म (थाइराइड हर्मोनको बढी)भनिन्छ । हाइपो थाइराइडिज्मका लक्षणहरु यस प्रकार हुन्छन् ।

डिप्रेशन
अस्वभाविक तौल बढ्नु
अत्याधिकथकान
कपालझर्नु
छाला सुख्खाहुनु
अत्याधिकथकान
कोलेस्टेरोल बढ्नु
खुट्टा सुनिनु
महिनावारीमा गडबढी
बाँझोपना

त्यस्तै हाइपर थाइराइडिज्मका लक्षणहरु निम्न लिखित छन् ।

अत्याधिक दिशा लाग्नु
अस्वभाविक तौल घट्नु
घाँटी सुख्खा हुनु वा घाँटीमा घाउ भइराख्नु
मुटुको चाल बढी हुनु
हात काम्नु
अत्याधिक पसिनाआउनु
सुत्न कठिनाई
हात तथा पैताला पसिनाले भिजि रहनु

थाइराइडको समयमै उपचार नगरेमायसले शरीरकाप्रमुखअंगहरुमाविभिन्न जटील समस्या निम्त्याउँछ । कलेजोको हकमा नराम्रो कालेस्टोरलको मात्रा बढाउँछ भने पाचन प्रणाली अन्र्तगत कब्जियत तथा आन्द्राको चालको कमीको समस्या देखा पर्छ । प्रजनन प्रणालीलाई असर गर्ने क्रममा बाँझोपना, महिनावारीको गडबढी र यदी गर्भवती भएमा शिशुको शारीरिक तथा मानसिक विकासमा अवरोध उत्पन्न हुन्छ ।

त्यस्तै मुटुको चाल कम हुन्छ भने रक्तचाप अनियन्त्रित (कम वा बढी हुनु)  हुन्छ । साथै मृगौलाले आफनो काम राम्ररी गर्न सक्दैन र शरीरमा पानीको मात्रा बढ्नु गई खुट्टावा शरीर सुन्निन्छ । अधिकांशकमा डिप्रेशनको समस्यापनि देखिन्छ ।

जोगिने तरिका
सन्तुलित खाना खाने
तनाव नलिने
गुलियो कमखाने
धुम्रपान तथा मद्यपान नगर्ने
थाइराइड हर्मोनको रक्त परिक्षण गर्ने

थाइराइड महिलाहरुलाई बढी आक्रान्त पार्दछ । एक तथ्यांक अनुसार नेपालको जनसंख्याको कुल १० प्रतिशत थाइराइडबाट ग्रस्त छन् ।

 

प्रतिक्रिया