काठमाडौँ / स्वास्थ्य र समाजसेवामा अग्रणी भूमिका निर्बाह गरेर नाम राख्न सफल डा. मनोर दिन सैयदलाइ नेपाल चिकित्सक संघले नेपाल चिकित्सक संघ परिषद सदस्यमा (NMA COUNCIL MEMBER) नियुक्त गरेकोछ।
देशमा रहेका करिब १८००० चिकित्सकहरुको हक हितमा बोल्ने संस्था नेपाल चिकित्सक संघ बि.स. २००७ मा स्थापना भएको हो । संघका प्रमुख डा. मुक्ति राम श्रेष्ठ ले डा. सैयदको आगमन लाई खुशीको रुपमा लिदै उहा जस्तो युवाले अब चिकित्सा पेशाको नेतृत्व लिनु पर्ने बताउनु भयो । अहिले चिकित्सक , आम जनमानस र मिडीया बीच रहेको दुरी लाइ डा. सैयदको आगमन ले बिशेष भूमिका खेल्ने विश्वास गरिएकोछ।
डा. सैयदले आफुलाई गरिमामय पदमा मनोनयन गरेकोमा डा. मुक्ति राम श्रेष्ठ साथै वहाको सम्पूर्ण टिम लाइ धन्यवाद दिदै अब आफु चिकित्सकहरुको अधिकार र सेवा को लागि लड्ने बाचा गर्नु भयो।
प्रतिक्रिया