आर्थिक वर्षमा बैंक खाता ५० लाख बढ्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७४, बुधबार ०७:२७

काठमाडौं,२८ असार ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ५० लाखले बैंक निक्षेप खाता बढ्ने बताएको छ । सबै नेपालीमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत दुई हजार पाँच सय रुपैयाँको खाता खोल्नेलाई एक वर्षसम्म एक करोड निब्र्याजी ऋण दिने नीति ल्याएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यसका कारण आगामी आर्थिक वर्ष बैंक खाता बढ्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो । यस्तै दुर्गमका स्थानीय तहमा जाने बैंकलाई पनि एक वर्षसम्म एक करोड निब्र्याजी कर्जा उपलब्ध गराउने राष्ट्र बैंकको प्रतिबद्धता छ ।

यसले बैंक तथा वित्तीय संस्थाले पनि आफ्नै पहलमा बैंक खाता बढाउनेछन् । देश संघीय संरचनामा गएर सात सय ४४ वटा स्थानीय तह बने पनि हालसम्म दुर्गममा बैंक विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया