कुन बलिउड कलाकारले कति पारिश्रमिक लिन्छन्?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७४, मंगलवार ०७:०२

बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलकारहरुले प्रायः आफ्नो फिल्म हिट भएपछि पारिश्रमिक बढाउने गरेका छन्। तर, फेरि कुनै फिल्म फ्ल्प भए कम गरिहाल्ने भन्ने चाँहि हुँदैन। बलिउडमा अहिले छाएका कुन कलाकारले पारिश्रमिक कति लिन्छन् भन्ने यहाँ उल्लेख गरिएको छ।

रनवीर सिंहः फिल्म वाजिराव मस्तानीभन्दा अघि रनवीरले एक फिल्मको ४ करोड ८० लाखदेखि ८ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्थे। तर वाजिराव मस्तानी हिट भएपछि उनले आफ्नो पारिश्रमिक दुई–तीन गुणा बढाएर १६ करोड रुपैयाँ पुर्याएका छन्।

बरुण धवनः बरुणका रिलीज भएका आठ वटै फिल्म सफल भए। उनी पहिले ८ देखि ११ करोड रुपैयाँ लिन्थे भने ‘बद्रीनाथ की दुल्हनियाँ’ पछि उनको पारिश्रमिक १६ देखि २० करोड रुपैयाँ पुगेको छ।

रणवीर कपुरः रणवीरका पछिल्ला फिल्म सफल हुन नसकेपनि उनको माग धेरै छ। उनले ३२ करोडदेखि ४० करोड रुपैयाँसम्म लिन्छन्।

अमिताभ बच्चनः अमिताभले कति लामो भूमिका छ, त्यसैका आधारमा पारिश्रमिक निर्धारण गर्छन्। सामान्यतया उनले एक फिल्को २० देखि २२ करोड रुपैयाँ लिन्छन्।

ऋतिक रोशनः उनको पारिश्रमिक ५० देखि ६४ करोड रुपैयाँ सम्म लिन्छन्।

अजय देवगनः अजयले पनि ऋतिकले झैं ५० देखि ६४ करोड रुपैयाँ सम्म लिन्छन्।

अक्षय कुमारः अक्षयले एक फिल्मको ७० देखि ८० करोड रुपैयाँ सम्म लिन्छन्।

आमिर खानः आमिरले प्रति फिल्म ८० देखि ९५ करोड रुपैयाँ सम्म लिन्छन्।

प्रतिक्रिया