एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको प्रथम साधारणसभा सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७४, आईतवार १९:३५

काठमाडौँ,२५ असार । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको  राजधानीको मध्य बानेश्वर स्थित डाईनिंग पार्क रेस्टुरेन्ट  एंड लाउन्जमा प्रथम वार्षिक साधारणसभा मिडिया ग्रुपका संयोजक मुकुन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्ब अर्थमन्त्री डा. रामशरण महतले गर्नुभएको थियो । एम्नेस्टी इन्टरनेसनलले मानवअधिकारको संरक्षण र दण्डहीनताको अन्त्य गर्न सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । नेपालमा एम्नेस्टी इन्टरनेसनलले विगतममा भएका विभिन्न आन्दोलनका समयमा भएका मानवअधिकार हनन्को विरोध गर्दे र मानवअधिकारको संरक्षण र कानुनी शासनको लागि सधै आवाज उठाउदै आएको कुरामा जोडदिनुभयो ।

कार्यक्रममा बिशेष अतिथिहरु माननीय सांसद शेरबहादुर तामांग , एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष ,राजन कुइकेल ,पुर्ब अध्यक्ष सुर्य बहादुर अधिकारी ,राजेन्द्र त्रिपाठी ,मानब अधिकारकर्मी तुलसी पौडेल , बिजुला राणा,सुशिला कार्की ,शकिला पाठक ,चित्र बहादुर रसाइली ,गणेश महतारा,पुकार तिमिल्सिना लगाएतले  नेपालमा भएका मानवअधिकारका विविध विषयमा वकालत गर्दे मानवअधिकारका संरक्षण, मानवअधिकारका हनन् र व्यतिको स्वतन्त्रताको बारेमा संधै एम्नेस्टी इन्टरनेसनलले बोल्ने गर्छ भने कसैले गरेका हिंसालाई कहिल्यै सर्मथन नगर्ने पनि उहाँहरुले बताउनु भएको थियो ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुपको सल्लाकारमा राजेन्द्र त्रिपाठीलाई मनोनयन गरिएको थियो  ।


https://www.facebook.com/mukunda.dhungana.108/videos/836534466496649/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१