गायक रामप्रसाद खनालले तीजलाई फर्काए पुरानै लयमा मैलीक तीज गीत …(भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७४, आईतवार ०५:५९

काठमाडौँ । गायक रामप्रसाद खनालको संकलनमा नयाँ मैलीक तीज गीत सार्वजनिक भएको छ । यसो त पछिल्लो समय तीज गीतमा विकृति भित्रियो भन्नेहरुको लागी केहि भए पनि आशा यस्ता गीतहरुबाट लिन सकिने जानकारहरु बताउ छन् । धेरै पहिला गाउघरमा गाइने गीतलाई खनालले नयाँ ढंगले प्रस्तुत गरेका छन भने गीत पछिल्लो पुस्ताले समेत मन पराएका छन ।

अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिका को प्रस्तुतीको रुपमा रहेको गीतमा लय र शब्द को संकलन राम प्रसाद खनालले नै गर्नु भएको भने  ्गीतमा कुसल कार्यक्रम सन्चालिका एबम गायिका मन्जु पौडेलले स्वरमा साथ दिएकी छन,शंकर बि.सीले निर्देशन गर्नु भएको भिडियोमा चर्चित हास्य कलाकार दिपा श्री निरौला ,किरण के। सि, शिव हरी पौडेल, शंकर बि। सि, मनोज आचार्य, राम प्रसाद खनाल, मन्जु पौडेल नबिन पौडेल, रितु कंडेल, अनुसा पौडेल र राम प्रसाद खनालकी छोरी सुश्मा खनालको पनि अभीनय हेर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१