नफाल्नुस् चामलको पानी, यस्ता छन् नौं महत्वपूर्ण फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७४, आईतवार ०५:५०

एजेन्सी । नेपाली चुल्होमा सँधै भात पाक्ने गर्छ । भात पकाउने बेला हामीले चामलको पानी फ्याक्ने गर्छौं । तर, भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चामलको पानी मानव स्वास्थ्यका लागि निकै लाभकर हुने बताएका छन् । चामलको पानीमा भरपुर कार्बोहाइड्रेड र अमिनो एसिड पाइने गर्छ । जसले शरीरलाई शक्ति दिने डाक्टर दाधीचको भनाई छ ।

हेर्नुस् चामलको पानीका नौं फाइदाः

कमजोरी हटाउँछ

चामलको पानी निकै शक्तिबद्र्धक हुन्छ । यो पानी पिएपछि शरीरलाई शक्ति मिल्छ । कमजोरी हट्छ ।

पेट पोलिने समस्या हट्छ

पेट पोलिने समस्या छ भने एक कप चामलको पानी पिउनुहोस् । समस्या समाधान हुन्छ ।

मुहारको दाग धब्बा हट्छ

मुहारमा डण्डीफोर, दाग धब्बा, छ भने चामलको पानीले मुख धोए हट्छ । छाला सफा र चम्किलो हुन्छ ।

कब्जियतबाट राहात

चामलको पानीमा धेरै फाइबर्स हुन्छ । यो पानी पिएमा अपच हुने समस्या हट्छ । अनि बब्जियतको समस्या पनि समधान हुन्छ ।

पानीको कमी हुन दिँदैन

शरीरमा पानीको कमी भएको खण्डमा चामलको पानी पिउनु पर्छ । छिटै आमाम मिल्छ ।

भाइरल संक्रमण

तपाइलाई भाइरल फिबर भएको छ भने चामलको पानी पिउनुहोस् । शरीरमा शक्ति मिल्नुका साथै आराम महशुस हुन्छ ।

कपाल स्वस्थ राख्न

स्याम्फुले कपाल धोएपछि चामलको पानी कन्डिशनर जस्तै प्रयोग गर्नुहोस् । यसले कपाल झर्ने समस्या हट्छ । साथै कपाल सिल्की र सफा देखिन्छ भने छिटो बढ्ने हुन्छ ।

आँखाको चमक बढाउन

आँखाको चमक राम्रो छैन भने चामलको पानीले राहात दिन सक्छ । राती सुत्नुभन्दा अघि चामलको पानी आँखाको आसपास लगाउनुहोस् । केही दिनमा आँखाको चमक बढ्ने छ ।

बान्ता हुने समस्याको सामाधान

लगातार बान्ता हुने समस्या भइरहेको छ भने चामलको पानी प्रयोग गर्न सकिन्छ । दिनको २–३ पटक चामलको पानी पिएमा त्यो समस्या छिटै निको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१