एकता कपूरले किन भनिन्, ‘समस्या सेक्स अपराध हो, सेक्स होइन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७४, आईतवार ०४:५६

महिला केन्द्रित यौन कल्पनाको कारण सेन्सरबोर्डको लफडा झेलिरहेको फिल्म हो, ‘लिपस्टिक अन्डर माई बुर्का ।’
अब यो फिल्म एकता कपुरको कम्पनी ‘अल्ट बालाजी’ले सार्वजनिक गर्ने हिम्मत लिएको छ । कपुरले भनेकी छिन्, ‘केन्द्रिय फिल्म प्रमाणन बोर्डका अध्यक्षसँग मलाई कुनै समस्या छैन ।’

मुम्बईमा सार्वजनिक भएको फिल्म ट्रेलरको सिलसिलामा पुरै स्टार कास्ट सहित एकता कपुर पनि उपस्थित थिइन् । उनले भनिन्, ‘फिल्मले महिलाको यौन कल्पनालाई दर्शाउँछ, जसलाई महसुष गर्दा समेत महिलाहरु लजाउँछन् । यो फिल्ममा मैले व्यवसाय होइन, आफ्नो दिलको आवाज सुनें ।’

महिलाले तन ढाक्नुपर्ने कि, पुरुषको आँखा ?

उनले केन्द्रिय फिल्म बोर्डप्रति पनि कटाक्ष गर्न भ्याइन् । भनिन्, ‘पहलाज निहलानी ९बोर्डका अध्यक्ष०सँग कुनै गुनासो छैन । उसको आदर गर्छु । मलाई त गुनसो छ, केवल पितृसत्ता र रुढिवादी समाजप्रति ।’

एकतालाई सोधियो, ‘फिल्ममा यौनलाई जसरी मेन्सन गरिएको छ, त्यो विवादको बिषय बनेको छ ।’ जबाफमा एकताले भनिन्, ‘यौन अपराध समस्या हो, यौन होइन । महिलालाई आफ्नो तन ढाक्नका लागि भनिन्छ, तर पुरुषको भेंडाको जस्तो आँखा बदल्नका लागि होइन । नैतिकता निजी हुनुपर्छ ।’

जब म छोटो हाप पाइन्ट लगाएर मन्दिर गएँ

आफ्नो एक किस्सा साझा गर्दै एकताले भनिन् कि, एक पटक उनी जब सानो पाइन्ट लगाएर मन्दिर गइन्, प्रवेश गर्न पाइनन् । जबकी उत्तिकै छोटो पाइन्ट लगाएका युवालाई भने मन्दिर प्रवेशमा रोकटोक गरिएन ।

एकताले थपिन्, ‘मेरो टेलिभिजन शृंखलामा महिलाले साडी आवश्यै लगाउँछिन् । तर, पतिलाई परमेश्वर मानेर उसको खुट्टा ढोक्दैनन् ।’

यस टेलिभिजन धाराबाहिकबाट उनले बैवाहिक बलात्कार र घरेलु हिंसाको मुद्दा उठाएकी छिन् । अलंकृत श्रीवास्तव निर्देशिन ‘लिपस्टिक अन्डर माई बुर्का’ मा रत्ना पाठक हाह, कोंकणा सेन शर्मा, अहाना कुमारको मूख्य भूमिका छ । फिल्म २१ जुलाईमा सार्वजनिक हुनेछ ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१