एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरको सचिव पदमा संचारकर्मी अधिकारीको उम्मेद्वारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७४, बिहीबार १५:१७

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका  (NRNA NCC USA) को क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदको लागि रोशन अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

सन १९९५ देखि पत्रकारिता शुरु गर्नु भएको अधिकारी नेपालमा रहंदा स्थानिय पत्रिका देखि राष्ट्र स्तरीय पत्रिकामा काम गरिसकेको अनुभब छ ।  पत्रकारितामा नियमित रहनु भएका अधिकारी  अनलाइन मिडिया https://rastriyakhabar.com का सहायक सम्पादक  पनि हुनुहुन्छ।

 

सुरुमा लस एन्जलसमा नेपाल एकता समाजमा आबद्ध अधिकारी सान फ्रान्सिस्को सर्नु भए पछि स्थानिय सबै भन्दा पुरानो सस्था नेपाल एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया  (NANC)  को सचिब पदमा बसेर २०१५/२०१७ को कार्यकाल सम्पन्न गर्नुभयो।

उसो त उहाँले अन्य साथीहरुसंग मिलेर LIONS CLUB OF SAN FRANCISCO BUDHHA को स्थापना गरेर CHATER MEMBERSHIP CHAIRPERSON  को जिम्मेवारी संहाल्दै हुनुहुन्छ।

सन २०१४ देखि  NRNA  संग नजिकिंदै रहनु भएका अधिकारीले २०१५/१६ बाट धेरै गतिबिधिहरुमा संलग्न हुँदै हाल क्यालिफोर्निया स्टेटको सचिव पदमा उम्मेदवारी हुनुभएको घोषणा गर्नु भएको छ ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१