भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०७४, बिहीबार ०६:५४

भारत। भारतका अधिकांश स्थानमा एटिएम ह्याक हुने समस्या आएपछि यसको मार भारत जाने सर्वसाधारणमाथि परेको छ । भारतमा करिब डेढ महिनादेखि बैंकका एटिएम ह्याक हुने समस्या देखिएको खबर आजको नागरिकमा छ ।

एटिएममार्फत रकम झिकेर काम चलाउने भन्दै भारत पुगेको नेपाली सर्वसाधारण ह्याकको समस्यामा परेका छन् भने, भारत जान चाहनेले पनि नगदै बोक्नुपर्ने भएको छ ।

यसैबीच भारतमा एटिएममा समस्या आउँदा भारु नोट साट्न आउनेको चाप बढेको छ । भारतभर बैंकका एटिएम नचल्ने भएपछि नेपालबाटै नगद भारु लैजान चाहनेको संख्या बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१