बोष्टर मिडियाद्वारा संचालित ७ दिने उद्घोषण तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७४, बुधबार ०७:३८

काठमाडौँ, २१ असार   । बोष्टर मिडियाको  आयोजनामा संचालन भएको ७  दिने उद्घोषण तालिम  सम्पन्न भएको छ । तालिमम ९  जना प्रशिक्षार्थीहरुको सहभागी रहेको  थियो । बोष्टर मिडियाको  कार्यलय चुच्चेपाटिमा  तालिम संचालन भएको थियो ।

एक विशेष कार्यक्रमका साथमा सो तालिमको समापन गरिएको थियो ।  कार्यक्रममा बोष्टर मिडियाको अध्यक्ष मुकुन्द ढुंगाना तालिम दिनुहुने प्रशिक्षक अनिल अधिकारी,रामहरी खड्का  लगायत प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो । ढुंगानाले  ७ दिनको समय कम भए पनि सिक्न चाहने र आफ्नो कलालाई बाहिर निकाल्ने र कसरी कार्यक्रम संचालन गर्ने भन्ने ज्ञान लिनमा यो तालिमले भुमिका खेलेकोमा खुसी व्यक्त गर्नु भएको थियो भने प्रशिक्षक  अधिकारीलाई धन्यावाद र प्रशिक्षर्थीलाई पनि सफलताको कामना गर्नु भएको थियो ।
७  दिने तालिममा धेरै कुरा सिक्न पाएको प्रशिक्षार्थीहरुले बताए । उनीहरुले यस तालिमको माध्यमबाट कसरी स्टेजमा जाने, कार्यक्रमलाई कसरी संचांलन गर्ने भन्ने कुरा सिक्न पाएको बताए । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो  । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१