सुनकोशी बाढीको प्रभावः देशभर विद्युत आपूर्ति प्रभावित हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७१, शनिबार १७:२९

काठमाडौं, १७ साउन ।  सुनकोशी नदीमा आएको पहिरोको कारण तीनवटा विद्युत उत्पादन केन्द्रमा क्षति पुग्दा देशभरको विद्युत आपुर्ति प्रभावित हुने भएको छ ।10336659_10203398300909763_1313977725373829582_n
पहिरोका कारण ४५ मेगावाटको भोटेकोशी विद्युत केन्द्रका टावर ढलेकोले उत्पादन बन्द भएको छ ।
यस्तै १० मेगावाट सुनकोशी पावर हाउस र साढे २ मेगावाटको सानिमा हाईड्रोपावरको उत्पादन गृहमा क्षति पुगेकोले राष्ट्रिय प्रशारण लाइनमा साढे ५७ मेगावाट बिजुली कम भएको छ । यसले देशभरको विद्युत आपूर्तिमा असर पार्ने नेपाल विद्यतु प्राधिकरणका निर्देशक शेरसिंह भाटले जानकारी दिनुभयो ।
नेपाल प्राधिकरणले अहिले हप्ताको साढे ४७ घण्टा लोडसेडिङ गर्दै आएको छ । 10524324_820756014610678_8776871353327579118_nअब विद्युत आपूर्तिमा कमी आएपछि लोडसेडिङ बढ्ने भाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१