ठमेलबाट अवैधरुपमा राखेको बोधिचित्तको दानासहित एक चिनियाँ नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७४, आईतवार ०५:३२

काठमाडौँ, १८  असार । ठमेलबाट अवैधरुपमा राखेको बोधिचित्तको दानासहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित एक होटलको पाँचौँ तलामा असार २ गतेदेखि बस्दै आएका चिनियाँ नागरिक उई वाङलाई बिनाइजाजत राखेको ४८।५ किलो बोधिचित्तसहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिगएको प्रहरीले उक्त होटलको कोठामा खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई–छिपाई राखेको अवस्थामा उक्त सामान बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१